• २०७७ फाल्गुन १२ गते बुधवार
  • Preeti To Unicode

सुन्दरताले भरिएको सल्यान : यस्तो छ दश पालिकाको आकर्षण


दिपेन्द्र शाही

दिपेन्द्र शाही

सल्यान जिल्ला कर्णाली प्रदेशमा पर्ने एक पहाडी जिल्ला हो । कर्णाली प्रदेशको राजधानी सुर्खेत र लुम्बिनी प्रदेशको राजधानी दाङको बिच जिल्लामा मा पर्दछ सल्यान ।

सल्यान पहाडी जिल्ला भएपनी तराईको बर्दिया, बाँके र दाङसँग सटेको छ । जिल्लामा भौगोलीक बिबिधता फरक खालको छ । यहाँ प्राकृतिक सौन्र्दयता र भौगोलिक बिबिधतामा अत्यन्त सुन्दर खालको छ ।

सल्यान सदरमुकाम खलंगाबाट ३० देखि ४० मिनेटनको गाडिको यात्रामा प्रमुख पर्यटकीय कुपिण्डे ताल, खैराबाङ, छत्रेश्वरी लगाएतका ठाउँमा जान सकिन्छ । शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकाको सिमाना जैतपानीमा लटरम्म फल्ने स्याउले आन्तरिक पर्यटकहरुकोे फोटो सेशनको गनतव्यनै बन्न पुगेकोे छ  ।

बागचौर नगरपालिकाको कोटमौला सुन्तलाले गाउँनै जंगलमा परिणत छ । छत्रेश्वरीमा आँपको राम्रो उत्पादन हुने ठाउँ हो । यति नजिकको दुरिमा एउटै जिल्लामा स्याउ, सुन्तला र आँप फल्ने जिल्ला सायद नेपालमा बिरलैै मात्रामा हुनसक्छन  ।

यो त एउटा उदाहारण मात्रै हो । अदुवाको लागी नेपालमै प्रसिद सल्यान माल्नेटाको अदुवा, कपुरकोटको ताजा तरकारी प्रख्यात छ  । पर्यटनको सन्र्दभमा नेपाल सरकारले पटक, पटक नेपालको घुम्नै पर्ने पर्यटनको सुचिमा परेको प्रसिद्ध कुपिण्डे ताल आन्तरिक तथा बाह्रय पर्यटकको रोजाई, पिकनिक स्प्रोर्ट र मनोरञ्जनको गनतव्य बन्न पुगको छ ।

राष्ट्रियताको सवालमा पञ्चायती ब्यवस्थामा प्रधानमन्त्री भएका हाल सम्मकै सल्यानबाट एक मात्र प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठको पुर्खेउली घर सल्यान सदरमुकाम खलंगामा  देख्न सकिन्छ । बसन्त ऋतुको आगमनसँगै लेकहरुमा ढकमक्क लाली गुराँसले ढाकेको प्राकृतिक बनजंगलहरुले आन्तरिक तथा बाह्रय पर्यटकहरुको  मनमा प्रफुल्लता प्रदान गर्दछ ।

देश संघीयतामा गएसँगै सल्यानमा तीन नगरपालिका र सात गाउँपालिका गरेर दशवटा स्थानीय तह रहेका छन् । त्यस्तै, सल्यानलाई दुई प्रदेश र एक संघीय निर्वाचनमा विभाजन गरिएको छ । यो आलेखमा हामी सल्यान जिल्लाका दशवटा स्थानीय तहको विविधताको बारेमा वर्णन गर्दैछौं ।

कपुरकोट

लुिम्बनी प्रदेशको राजधानी दाङ देखि राप्ती राजमार्ग हुदै रुकुम, जाजरकोट, डोल्पा जाने सन्र्दभमा कपुरकोट प्रदेशद्धारको रुपमा रहको छ । नेपालमै प्रसिद्ध ताजा तरकारीको रुपमा प्रसिद्ध रहेको कपुरकोटमा अदुवाबाली अनुसन्धान केन्द्रको केन्द्रिय कार्यालय कपुरकोटमै रहको छ ।

मुलपानीमा रहेको बनस्पती उद्यान केन्द्रले त झनै आन्तरिक तथा बाह्रय जिल्लामा  अध्यनरत रहेका बिभिन्न संकायका विद्यार्थीको अध्यन अबलोकन केन्द्रको रुपमा पहिचान बनाएको छ । कपुरकोटको घंघाँरीचौरबाट गर्मी समयमा प्राकृतिक आनन्दसँगै तराईका फाँट र हिमालका मनमोहक दृष्य देख्न र अवलोकन गर्न सकिन्छ ।

काला र रसिला  काफल चिसो पानी यस ठाउँको थप विशेषता हो भने बाँसबाट बनेका बिभिन्न सामाग्री उपहार स्वरुप लैजान र हेर्न सकिन्छ  ।

त्रिबेणी

सल्यान जिल्लाको त्रिवेणी पुर्वमा कपुरकोट, पश्चिममा कालिमाटी, उत्तरमा शारदा तथा छत्रेश्वरी र दक्षिणमा दाङ जिल्ला पर्दछन । सल्यान जिल्लामा अहिले पनी पुर्खेउली राजाका पालाको फलाबाङ दरबार हेर्न र अबलोकन यहाँ गर्न सकिन्छ ।

शारदाको मनमोहक फाँट यहाँ पनी रहको छ । साथै  त्रिबेणीको लुहाम बजार घुम्न र  त्रिबेणी धामको दर्शन गर्न सकिन्छ । दाङ सल्यानको सिमाना थर्कोटका काला काफलका साथ यस क्षेत्रमा बसन्त ऋतुमा आर्कषक रुपमा  अबलोकन  भ्रमण गर्न सकिन्छ ।

साथै पुराना कला सास्कृतीहरु सोरठी नाच जस्ता सस्कृतीमा रमाउन र हेर्न सकिन्छ । त्यसैले आउनुहोस सल्यान घुम्न ।

कालिमाटी 

कालिमाटी मह उत्पादन, चिउरीको तेल प्रसोधन र शुद्ध घिउ उत्पादनमा अग्रसर छ । हिन्दु धर्मालम्बीहरुको लागि गगंमाला भगवती मन्दिर परिचित छ ।

पर्यटनको क्षेत्रमा कछुवाको आकारमा प्राकृतिक निर्मीत कछुवा दह रहको छ । बजारको कुरा गर्दा कालिमाटी पुतली बजार, कृषि उर्बराशिल भुमिमा कालिमाटी काल्चेका फाँट र काप्रेचौरको फाँट मनमोहक छन ।

साथै दमदुवाली आफैमा सौन्दर्य र प्राकृति रुपमा सजिएको छ । दाङ र सुर्खेत खण्डमा पर्ने यस गाउँपालिकाको सबै भन्दा टाढाको दुरी कापे्रचौर घुईयाबारी पर्दछ । प्राृकतिक सौन्र्दर, बनस्पती, कलकल बग्ने शारदा र बबई नदि यसै क्षेत्रमा हेर्न सकिन्छ  ।

शारदा र बबई नदिको माछाको स्वादले सबैको मन लोभ्याउने र बारम्बार सम्झाउने गर्दछ । जिल्लाको सबै भन्दा कम उचाईमा रहेको भुभाग कापे्रचौर यहि पर्दछ । उचाईको सन्र्दभमा जिल्लाको अग्लो पहाड मध्येको एक पहाड निगालचुला लेकको केहि भाग पनि यहि भागमा पर्दछ ।

यो क्षेत्र छिमेकी जिल्ला लुम्बीनी प्रदेशको बर्दिया, बाँके तथा दाङ र  कर्णाली प्रदेशको सुर्खेत जिल्लासँग सिमा जोडिएको छ ।

बनगाड कुपिण्डे

सल्यान जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित प्रशिद्ध ताल मध्येको कुपिण्डे ताल यसै क्षेत्रमा पर्दछ । बनगाड क्षेत्रका कलकलाउदा फाँटको मनमाहेक दृष्य, बनगाडी टप्पा यस क्षेत्रका सांस्कृति हुन ।

मैदुपोखराको मेला, घाँजरी, शंख पिपलको बेसी, बाँमेको मौलिकता, भेरी नदिको सौन्र्दयता यस क्षेत्रका विशेषता हुन । जाजरकोट, रुकुम पश्चिम र सुर्खेतसँग सटेको यो नगरपालिका हो  ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत र लुम्बीनी प्रदेशको राजधानी दाङको बिचमा रहेको कुपिण्डे ताल आफैमा  प्राकृतिक रुपमा निर्मित छ । कुपिण्डे तालमा  आन्तरिक तथा बाह्रय पर्यटकको आर्कषको बिन्दु बन्न पुगेको छ ।

शारदा

शारदा नगरपालिका सल्यान जिल्लाको सदरमुकामको भुभाग भित्रै पर्दछ । प्रशासनिक कामको लागी जिल्ला भित्र वा बाहिरबाट दैनिक आउने हुदाँ धेरैमाझ परिचित छ यो नगरपालिका ।

सल्यान जिल्लाकै ठुलो ब्यापारिक केन्द्र श्रीनगरमै रहको कारण दैनिक उपभोग्य तथा बजारीकरणको मुख्य गनतव्य बनेको छ  । जिल्लाको शैक्षिक हबको हिसाबले हेर्दानी यस क्षेत्रलाई अग्रनी रुपमा लिन सकिन्छ । जिल्लाको प्रसिद्ध खैराबाङ भगवती मन्दिर, रानीकोटमा रहको हिम पार्क, खामे लेक, शारदाको उर्जाशिल फाँट, माल्नेटाको अदुवा र सल्यानी खुकुरीले राम्रो पहिचान यो नगरपालिकाले बनाएको छ ।

पर्यटनको कुरा गर्दा थप मौलिकतामा रहेको सल्यान सदरमुकाम बजार थप आकर्षक रहेको छ भने पुर्व प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठको पुर्खेउली घरको सहजै अवलोकन गर्न सकिन्छ  ।

छत्रेश्वरी

सल्यान जिल्लानको एउटा अच्चमको जैबिक बिबिधता बोकेको क्षेत्र हो छत्रेश्वरी । छत्रेश्वरी जिताठानाका आँप देखि दमाचौरका सुन्तला, गुराँसेका स्याउ र किबी यसै क्षेत्रमा पाईन्छन ।

कृषि क्षेत्रमा प्रख्यात गुराँसेको किवि खेती उत्पादन जिल्लामै राम्रो पहिचान बनाएको छ । पर्यटनको क्षेत्रमा युद्ध पर्यटन गुराँसे, सतिदेबिको अगं पतन भएको प्रख्यात छत्रेश्वरी शक्ति पिठ छत्रेश्वी देवीको मन्दिर, शिब गुफा, शर्खपार्क शारदाको मनमोहक फाँट जस्ता दृष्य यस क्षेत्रका पर्यटनका क्षेत्र हुन ।

बजारको सन्र्दभमा यहाँको मुख्य बजार लान्ती र दमाचौर बजार हो । जिल्लाकै अग्लो लेक जथाक पनी यसै क्षेत्रमा पर्दछ  ।

शिद्ध कुमाख 

अन्य गाउँपालिका भन्दा भुगोलको हिसाबले यो पालिका सानो रहेपनी राप्ती राजमार्गमै पर्ने यो गाउँपालिका आफैमा सुन्दर र मनमोहक छ । कुमाख लेकको पहिचान र कुमाखको फेदमा  रहको शिब गुफ्फा, मोखलामा रहको शिब मन्दिर  आन्तरिक पर्यटनका राम्रा र आर्कषक स्थान हुन ।

बजारको क्षेत्रमा रहेको ढोरचौर बजारमा पालिकाको केन्द्र छ । चाँदे करेन्जीको सुन्तला क्षेत्रले यस क्षेत्रमा राम्रो पहिचान बनाएको छ । खेल क्षेत्रमा भलिबल लगाएतका अन्य खेलहरुमा राम्रो पहिचान बनाएको यस गाउँपालिकाको डाँडाकटेरीको कल्बका सांस्कृति कार्यक्रमहरु, बाह्रागाउँका खुर्सानी र परम्परागत ढुगांबाट बनाएका फलाँटेका घट्ट र सिलौटा सल्यान सँगै रोल्पा र रुकुममा पनि प्रख्यात छन ।

बागचौर 

बागचौर कृषि तथा पशुपालनमा पहिचान बनाएको नगरपालिका हो । कृषिको कुरा गर्दा सल्यान जिल्लामै धेरै सुन्तला फल्ने नगरपालिको रुपमा परिचित छ ।

कोटमौलाका सुन्तला, बाँफुखोलाको आलु बागचौरको प्रमुख पहिचान हो । शिबरथ कोटको मेला, कोटबाराको टाट्के मेला, कोटमौलाको रानीपोखरी मेला यस पालिकाका प्रमुख मेलाहरु हुन ।

विकास र निकासको प्रचुर सम्भाबना रहेको यस नगरपालिका भित्र सांस्कृतिक क्षेत्रमा सल्यानी टप्पाको लोकप्रियता छ । पर्यटनको सम्भाबना बोकेको बागचौर तथा थारमारे बजार क्षेत्र सँगै सुन्तला पकेट क्षेत्र दिल खोलेर अबलोकन गर्न सकिन्छ ।

कुमाख

सल्यान जिल्लाको कुमाख गाउँपालिका छिमेकी जिल्ला रुकुम पश्चिम र जाजरकोट जिल्लासँग सटेको गाउँपालिका हो । संघिय राजधानी देखि जिल्लाका अन्य पालिका भन्दा थोरै टाढाको दुरीमा पर्ने यो पालिकामा जिमालीको सुन्तला, टिम्मुर, अदुवा, मर्मजिउलाको मनमोहक खेती योग्य फाँट, भेरि नदिको रमाईलो दृष्य अवलोकन गर्न सकिन्छ ।

साबिक मर्म गाबिसकोे मयूर नाच, बडागाउँ कोट र कालागाउँ कोटको निकै सास्कृतिक मह्त्व रहको छ  । कुमाख र शिद्ध कुमाख गाउँपालिकाकोे सिमानामा पर्ने करिब २५ सय मिटर उचाईमा रहेको शिद्ध बाबाको मन्दिरको दर्शनसँगै कुमाख लेखबाटै साबिक राप्ती,  भेरी, कर्णाली र धौलागरिका धेरै जिल्लाहरु हेर्न र अबलोकन गर्न सकिन्छ ।

दार्मा

दार्मा गाउँपालिका सल्यान जिल्लाको कुमाख, बागचौर र छिमेकी जिल्ला रुकुम पश्चिमका बिभिन्न गाउँपालिकासँग जोडिएको पालिका हो । सदमुकाम देखि अन्य पालिका भन्दा दुरीको हिसाबले थोरै टाढा भएपनी सडक सञ्जालमा सबैतिरबाट जोडिएको छ ।

बिभिन्न संस्कृति, दर्माली घाउटा, मयूरनाच जस्ता पुराना संस्कृति दार्माले राम्रो पहिचान बनाएको छ । पर्यटनको क्षेत्रमा मालिका लेक, मलिबाङ गुफा, फारुलाचौर, दार्माकोट र ढाकाडम क्षेत्र पर्यटनको सम्भाबना  बोकेका क्षेत्र हुन  ।

तस्बिरः लेकाली अनलाइन तथा विभिन्न सामाजिक संञ्जालबाट

लेखकः दिपेन्द्र शाही गैर सरकारी संस्था महासंघ नेपाल सल्यान शाखाका अध्यक्ष हुन् ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार