खकेन्द्र केसी
सम्झन्छु म । २०७४ असाेज १७ गते केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच लभ परेकाे दिन । अर्थात तत्कालिन माआबादी केन्द्र र एमाले पार्टी एकिकरणका लागि चुनावी तालमेल गर्न ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएकाे दिन । साेहि दिनदेखि हाे केपी र प्रचण्डकाे मायाकाे सुरुवाती भएकाे ।
उनिहरुकाे मायाप्रेम गाढा हुँदै गयाे । एकलेअर्कालाइ सुखदुखमा साथ दिए र २०७४ मंसिरमा भएकाे प्रदेश तथा संघकाे चुनाव पनि जिते ।
फेरि अर्काे दिन आयाे २०७४ फागुन ७ गते । उनिहरुकाे त्याे दिनसम्म लभ परेकाे सबैले थाहा पाइसकेका थिए । साेहिदिन राती अबेरसम्म उनिहरुले बिहेकाे लागि इन्गेजमेन्ट अर्थात पार्टी एकताकाे लागि सहमती पत्रमा हस्ताक्षर नै गरे ।
यसरी ८ महिनासम्म उनिहरुकाे लभ भएर २०७५ जेठ ३ गते बिहे भयाे अर्थात पार्टी एकता गरे । याे बीचमा उनिहरुकाे लभ काहानी राेचक नै भयाे । माया प्रेम गाढा हुँदै गयाे । बाहिर समाजलाइ हामी डिभ लभ मै छाैं भनिरहे तर भित्रभित्रै ठ्याकठुक भैरह्याे ।
अन्नत उनिहरु एउटै घरमा बस्न नसक्ने गरी घरभगडा भयाे र छुट्टिने अवस्था आयाे । २०७७ पुस ५ गते केपी ओलीले दुवैकाे मायाले जाेडेकाे घरलाइ भत्काएर जग आफ्नाे हातमा लिए । अहिले प्रचण्ड मायाले जाेडेकाे घर पुनःनिर्माण गरेर घर नै आफ्नाे हातमा लिने लडाइमा छन् । जसकाे लागि उनिहरुकाे लडाइ अदालतमा चलिरहेकाे छ ।
उनिहरु अहिले छुट्टिएर अलगअलग बसेका छन् । अब कानुनी रुपमा डिभाेर्स हुन मात्रै बाँकी छ । उनिहरुकाे खास डिभाेर्स अब अदालतले हाेइन् निर्वाचन आयाेगले गरिदिने छ ।
प्रिय ! तर हाम्राे माया भने यसरी केपी र प्रचण्डकाे जस्ताे नहाेस् । केही पाउनलाइ माया गर्ने । दुनियाँले थाहा पाएपछि लाज छाेप्नलाइ बिहे गर्ने र बिहे गरेपछि स्वार्थ नमिल्दा डिभाेर्स नै गरिदिने । यस्ताे माया हाम्राे हुनु हुँदैन् ।
माया हुनलाइ सबैभन्दा पहिले मन हुनुपर्छ । व्यवहार बन्नुपर्छ । माया क्षणिककाे लागि हुनुहुँदैन् । जिवरभरकाे लागि हुनुपर्छ । सँगै मर्ने सँगै बाच्ने भन्ने त मायामा बुनिएका शब्द हुन् । मृत्यु मरण अघिपछि हुन्छ तर जीवन रहदाँसम्म एकलेअर्काेलाइ साथ दिनु नै जीवनभरकाे माया हाे ।
बलजफ्ती प्राप्तिको लालसा प्रेम कदापि हुनै सक्दैन । त्यो अपराध हो, अपमान हो । प्रेमलाई संकुचित र फगत सीमित आकर्षणको घेराभन्दा पर लग्दै पलभरमा संसारै फरक पार्न सक्ने आँखाले हेर्न आवश्यक छ । एकले–अर्कोप्रतिको समर्पण भावसहित अनुभूति प्रेम जसरी युगौयुग अमर भइ बाँच्नेछ ।
जिवन चलाउनलाइ जीवनमा केहि गर्न सक्ने आट हाेस् र जीन्दगीदेखि पछाडी कहिल्यै नहटोस् अगाडी बढ्ने अठोट होस् । बिहे भन्ने कुरा एकपटक गर्ने हो र त्यो जीवनभरका लागि टिकाउने हो । मान्छेको एउटै मन हुन्छ भन्ने छैन् तर बिवाह गर्ने जीवनसाथी एकले अर्कालाई बुझ्न सक्ने हुनुपर्छ । हरेक समस्यामा साथ दिने हुनुपर्छ । एकले अर्काको कामलाई बुझ्नुपर्छ राम्रो कामलाई साथ र नराम्रो कामलाई सल्लाह दिने जीवनसाथी हुनुपर्छ । त्यसैमा माया मिसिएकाे हुन्छ ।
आज प्रणय दिवस अर्थात अंग्रेजीमा भ्यालेन्टाइन डे । यसकाे सुरुवात सम्वत २६९ सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।
प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।
तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।
जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेरकी छोरीलाई दिएकाे कथन छ ।
उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।
भ्यालेन्टाइन डे त एउटा कसैकाे स्मरणमा मनाइने डे हाे । तर हाम्राे प्रेम त ३ सय ६५ दिन नै हुनुपर्छ । र त्यहिलाइ नै जुनिजुनिभर बनाउनुपर्छ । प्रेम प्रेमीका वा प्रेमीलाइ मात्रै गरिदैन् । संसारका हर जाे काेहि व्यक्तिलाइ गरिन्छ । प्रेम छ र त याे संसार टिकेकाे छ । यदि संसारमा कसैलाइ प्रेम गरिदैन थियाे भने याे संसार कस्ताे हुन्थ्याे हाेला सायद हामी कल्पना गर्न सक्दैनाैं ।
यो संसारका हरेकका मनमा माया–प्रीतिको गुरुत्वाकर्षण भरिएको हुन्छ, जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ । त्यसैले प्रेम एउटालाइ मात्रै गर्नुपर्छ भन्ने हाेइन् । प्रेम आफ्नाे प्रेमी र प्रेमीका सँगै घर परिवारमा हाेस् । छिमेकीमा हाेस्, समाजमा हाेस्, देशमा हाेस् र सारा विश्वभर हाेस् र सारा विश्वभरका मान्छेसँग हाेस् ।
खुद्रामा हाेइन हाेलसेलमा सबैलाइ प्रणय दिवसकाे शुभकामना ।