फाल्गुन ६, दाङ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डा.श्री प्रकाशचन्द्र लोहनी दाङ आउने भएका छन । यहि फाल्गुन ७ गते प्रजातन्त्र दिवसका अबसरमा जिल्लाको सदरमुकाम घोराहीमा हुने कार्यक्रममा सहभागी हुन लोहनी दाङ आउन लागेको राप्रपा दाङले जानकारी दिएको छ ।
पार्टी समायोजन,पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा सरिक हुन तथा समायोजीत जिल्ला कमिटी लाई निर्देशन दिन दाङ आउन लागेको राप्रपा जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत र सह-अध्यक्ष हंसराज केसीले जानकारी दिएका छन ।
कार्यक्रममा सहभागीताका लागि राप्रपा दाङले सवैलाई अपिल समेत गरेको छ ।