• २०७७ फाल्गुन १२ गते बुधवार
  • Preeti To Unicode

सरकारसँग वार्ताका लागि सकारात्मक रहेकाे भन्दै विप्लवले एक्कासी निकाले यस्ताे विज्ञप्ती


फागुन ८, काठमाडौं ।

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताउँदै एक्कासी एक प्रेस विज्ञप्ती जारी गरेका छन् ।

शनिबार विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् । क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि सम्बाद र बार्ताको लागि तयार रहेको उनले बताएका हुन् ।

विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार