• २०७७ फाल्गुन १२ गते बुधवार
  • Preeti To Unicode

पक्राउ परेकै रात तुलसीपुर प्रहरी हिरासतमा राेल्पा गंगादेवका पुरुषकाे मृत्यु


फागुन ९, दाङ ।

दाङमा प्रहरी हिरासतमा राेल्पा गंगादेका एक पुरुषकाे मृत्यु भएकाे छ । राेल्पा गंगादेव गाउँपालिका वडा नम्बर ३ लाेरिबीनी निवासी ४५ वर्षका नन्दाराम ओलीकाे इलाका प्रहरी कार्यालय तुलसीपुर दाङकाे प्रहरी हिरासतमा मृत्यु भएकाे हाे ।

तस्बिरः मृतक ओलीका आफन्त

विगत १६ बर्षदेखि तुलसीपुरको मालपोत नजिकै बस्दै आएका नन्दरामले कुटपिट गरेको भन्दै कान्छी श्रीमतीले ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई खबर गरेपछि प्रहरीले उनलाई गएराति नियन्त्रणमा लिएर हिरासतमा राखेकाे थियो । तर हिरासतमा राखेकाे रात नै उनकाे मृत्यु भएकाे हाे ।

ओलीकाे मृत्यु भएपछि आफन्तले शव बुझ्न अस्विकार गरेका छन् । घटनाको निश्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आफन्तले शव बुझ्न अस्किार गरेका हुन । आफन्तले शव बुझ्न अस्किार गरेपछि मृतकको पोष्टमाटर्म गरिएको छैन् ।

घटनाको छानबिन र दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने जेठी श्रीमती पार्वती ओलीलीले बताइन् ।

ओलीले अत्यधिक मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा ओलीलाई शनिबार राति दश बजेतिर प्रहरीले तुलसीपुरको बाहिनी चोकस्थित कोठाबाट नियन्त्रणमा लिइएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

रातिमा वलीकी श्रीमती उच्च अदालत तुलसीपुरको सुरक्षार्थ खटिएका प्रहरीमा पुगेर मदिराले मातेका श्रीमानले मार्न थालेको भन्दै सुरक्षाको लागि याचना गरेकी थिइन।

ओलीलाई थुनुवा कक्षमा राखेपछि पनि उनी रातभर मनपरी बोलेको, कराएको र अरूलाई पनि सुत्नै नदिने अवस्था सृजना गरेपछि प्रहरीले राति १ बजे पुनः उनकी श्रीमतीलाई फोन सम्पर्क गर्न प्रयास गरेको सिंहले बताए।

‘कसैलाई सुत्नै नदिएपछि प्रहरीले राति १ बजेतिर उहाँकी श्रीमतीलाई फोन गरी श्रीमान बुझेर कोठामा  लैजान भन्न खोजका थियौं,’ डिएसपी सिंहले भने ‘तर, उहाँले मोबाइल अफ गरेकाले सम्पर्क हुन सकेन।’

ओली कराउँदा कराउँदा राति २ बजेतिर मात्रै निदाएको डिएसपी सिंहले बताए। त्यसरी सुतेका ओली आइतबार बिहान ६ बजेदेखि एक्कासी घारघार–घुरघुर गर्न थाले र उनी अचेत भए ।

त्यसपछि करिब साढे ६ देखि ७ बजेको बीचमा प्रहरीले झन्डै दुई सय मिटर नजिकैको राप्ती प्रादेशिक अस्पताल पुर्‍याएको डिएसपी सिंहले जानकारी दिए। त्यहाँ पुर्‍याउनासाथ  चिकित्सकले ओलीलाई मृत घोषणा गरेको सिंहले बताए ।

मृतक वलीको शरिरमा चोट पटक वा घाउखत केही नदेखिएको भए पनि पोष्टमार्टम रिपोर्टपछि मात्रै तथ्य कुरा भन्न मिल्ने सिंहले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार