फागुन १०, सल्यान ।
नेकपा प्रचण्ड-नेपाल समुहले सल्यान जिल्ला अध्यक्षमा धिरेन्द्र श्रेष्ठलाइ ताेकेकाे छ । यसअघि पुर्व एमाले र माओबादीकाे एकतामा अध्यक्ष बनेका गाेविन्द पुन केपी ओली समुहतिर खुलेपछि रिक्त रहेकाे पदमा प्रचण्ड-माधव समुहले श्रेष्ठलाइ अध्यक्षमा ताेकेकाे हाे ।
श्रेष्ठ पुर्व एमाले तर्फका नेता हुन् । नेकपा एकतापछि पुर्व माओबादीबाट सचिव बनेका कर्ण बहादुर बुढाथाेकी भने प्रचण्ड-माधव समुहकाे जिल्ला सचिवमा पनि यथावत रहेका छन् । नेकपा एकताकाे भागबण्डामा सल्यानमा पुर्व एमालेले अध्यक्ष र पुर्व माओबादीले सचिव लिएजस्तै अहिले नेकपा प्रचण्ड-माधव समुहले पनि साेहि भागबण्डा अनुसार मिलाएकाे देखिएकाे छ ।
सल्यान सँगै प्रचण्ड-माधव समुहले ६८ जिल्लामा नेतृत्व ताेकेकाे छ । उक्त समुहले जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ । ओली र प्रचण्ड-नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्। प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्ट जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन् ।
पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् । नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ।
गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ ।