• २०७७ फाल्गुन १२ गते बुधवार
  • Preeti To Unicode

सल्यान गेट बनाउन लागेका युवालाइ टिसर्ट सहयाेग


फागुन १०, सल्यान ।

सल्यान गेट निर्माण गर्न लागेका युवाहरुलाइ दार्माका युवा बिशाल सिंहले टिसर्ट सहयाेग गरेका छन् । सल्यानका युवाहरु मिलेर दाङ सल्यानकाे सिमाना नजिकै बनाउन लागिएकाे सल्यान गेट निर्माणकर्ता युवाहरुलाइ नेपाली काँग्रेसका युवा नेता समेत रहेका बिशाल सिंहले ४० वटा टिसर्ट सहयोग गरेका हुन् ।

युवाहरूले सल्यानको इतिहास झल्कने गरी सल्यानको सिमानामा गेट बनाउन लागेका हुन् । समृद्ध सल्यान निर्माण अभियान नाम दिएर गेट बनाउन लागेका युवाहरुकाे याे काम देखेर अन्यले पनि सहयाेग गर्न थालेका छन् ।

यस अघि छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्ताेष केसीले १० हजार  र उनका प्रेस सल्लाहाकार नविन पाैडेलले ३ हजार रुपैयाँ सहयाेग गरेका थिए । त्यस्तै शारदा नगरपालिका ११ हिवल्चा पैयाखर्क घर भइ हाल दुबइमा बस्नेत लोकेन्द्र चलाऊनेले पनि आफ्नी स्वर्गिय आमा मणी चलाऊनेको नामबाट २ हजार १ सय ५१ रुपैयाँ सहयाेग गरेका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार