• २०७७ फाल्गुन १२ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा चितुवा मारेर छाला बिक्री गर्न नेपालगंज जाँदै गरेका ३ जना पक्राउ


फागुन १०, सल्यान ।

सल्यानमा चितुवा मारेर बिक्री गर्न नेपालगंज लिदै गरेका तिन जना पक्राउ परेका छन् । साेमबार दुई थान चितुवाको छाला सहित बाँके प्रहरीले सल्यानका तीन जना व्यक्तीलाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा सल्यानको बागचौर नगरपालिका–३ का ३१ वर्षीय जीतबहादुर डिसी, कुमाख गाउँपालिका–७ का २१ वर्षीय कमल डिसी र सोही ठाउँका २४ वर्षीय हिमेन्द्र वली रहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । उनीहरुलाई चितुवाको छालासहित इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले गएराति बाँके राप्ती सोनारी गाँउपालिका –१ कुसुमबाट पक्राउ गरेकाे हाे ।

जीतबहादुर बन्यजन्तुका छाला र अंग खरिद बिक्री कारोबारी रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बरामद छाला जीतबहादुरले दुई वर्ष पहिले आफैले पासो थापेर मारेको प्रहरीले जनाएको छ । दिदिले चितुवाको छालाको फोटो खिचेर मोवाइलमा राखेको दिपक रावतले देखेपछि उनैको सल्लाहमा छाला बिक्री गर्न नेपालगंज लिदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ ।

उक्त छाला नेपालगंजमा ४० लाखदेखि ६० लाख सम्ममा बिक्री गर्ने योजना रहेको खुलेको प्रहरीलेकाे भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको एक लाखदेखि २५ लाख सम्म जरिवाना र एक वर्षदेखि १० वर्ष सम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

 

 

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार