फागुन १३, सल्यान ।
सल्यानकी ११ वर्षीया प्रज्ञा डिसीकाे आवाजमा सन्देशमुलक लाेक गीत सार्वजनिक भएकाे छ । बागचाैर नगरपालिका निवासी ११ वर्षीया प्रज्ञा डिसी र राेल्पा गंगादेवका दर्शन केसीकाे आवाजमा सन्देशमुलक ‘याे रक्सीले गर्दा’ बाेलकाे गीत सार्वजनिक भएकाे हाे ।
गीतमा रक्सी खाँदा हुन असरहरुका बारेमा समेटिएकाे छ । रक्सी खाँदा घरमा घरसल्लाहा नभएर हल्ला मात्रै हुने गरेका जस्ता शब्द गीतमा समावेश गरिएकाे छ ।
गीतकाे लय तथा शब्द दर्शन केसी र टाेपेन्द्र डिसीले गरेका छन् । गीतकाे म्यूजिक भिडियाेमा चित्रा मगर, नरेश प्रेमी र क्रिश क्षेत्रीले अभिनय गरेका छन् ।
हेर्नुहाेस् भिडियाे