फागुन १३, सल्यान ।
सल्यानमा दाेस्राेपटक जलमा गजल कार्यक्रम हुनेभएकाे छ । सल्यान कला साहित्य परिषद्काे आयाेजनामा प्रशिद्ध पर्यटकी स्थल कुपिण्डे तालमा यहि फागुन १५ गते जलमा गजल कार्यक्रम हुने परिषद्का अध्यक्ष भरत राेकाय एक्सनले बताए ।
कुपिण्डे तालमा अघिल्लाे वर्ष पनि जलमा गजल कार्यक्रम गरिएकाे थियाे । नेपाली गजल र जिल्लाको साहित्यको उत्थानका लागि याे कार्यक्रम गर्न लागिएकाे अध्यक्ष राेकायले बताए ।
याे कार्यक्रममा सल्यान सँगै सुर्खेत र जाजरकोटका सर्जकलाइ विशेष बाचनमा राखिएकाे उनले बताए । कुपिण्डे तालमा डुंगा सयर गरे गजल बाचन गरिने उनले बताए । यसले कुपिण्डे तालकाे प्रचारप्रसारमा सहयाेग समेत पुग्ने उनकाे बुझाइ छ ।
कार्यक्रममा चर्चित राष्ट्रिय गजलकार बाबू त्रिपाटीकाे उपस्थिती रहने छन् । त्यस्तै जनक चन्द ‘ऋतु’, लिला पाेखरेल र ओमप्रकाश देवकाेटाका विषेश गजल प्रस्तुत हुनेछन् ।
साथै कार्यक्रममा सल्यानको साहित्यिक दस्तावेजकाे रुपमा प्रकाशन गरिएकाे “क्यानभासमा सल्यान” नामक पुस्तकको पनि विमोचन कुपिण्डे मन्दिरका पुजारीबाट गरिने परिषद्का संस्थापक संयाेजक लाेकश जलनले बताए । कार्यक्रम बिहान ११ बजेबाट हुने छ ।