• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

२ करोड २२ लाखमा सल्यानकाे हिवल्चामा बन्याे स्वास्थ्य चाैकीकाे भवन


फागुन १३, सल्यान ।

सल्यानको शारदा नगरपालिका ११ हिवल्चामा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन भएको छ । नवनिर्मित स्वास्थ भवनको बिहिवार एक कार्यक्रमका बिच कर्णाली प्रदेशका अर्थिक मामिला योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका हुन।

उक्त स्वास्थ्य भवन हिमदुङ एन्ड थोकर कम्पनी प्राली काठ्माण्डौले २ करोड २२ लाखकाे लागतमा बनाएकाे निर्माण व्यवसायी डिल्ली केसीले बताए ।

कार्यक्रम बोल्दै मन्त्री ज्वालाले मुल विषय  स्वास्थ  भएकाले पहिले स्वास्थ्य लाई प्रथामिक्ता दिनु पर्ने जोड दिएका थिए । आधुनिक स्वास्थ्य भवनले स्वास्थ्यको आधार बनेको बताउदै उनले अब स्वास्थ्य चौकीकाे लागि आवश्यक पर्ने क्रमशः जनशक्ति, औषधि र उपकरणको पनि ब्यबस्थापनमा सहयोग गर्ने बताए ।

यस्तै श्रिनगर देखि खैराबाङ सम्म पर्यटन सडक निर्माणकाे लागि ५ कराेड बजेट बिनियाेजन भएकाे र आफ्नो कार्यकालमा काम सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

शारदा नगरपालिका ११ का वडाध्य्क्ष तथा वडा स्वास्थ्य समिति अध्यक्ष रामसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेताहरू रमेश गौतम, नवीन भडेल, यौवनप्रकाश श्रेष्ठ तथा नेपाली कांग्रेस जिल्ला सदस्य दिपक शर्माको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार