• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा पहिलोपटक महिला सीडीओ आउँदै


फागुन १४, सल्यान ।

सल्यानमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउन लागेकी छन् ।

हालका सीडीओ हेमराज तामाङको अध्यागमन कार्यालयमा सरुवा भएपछि सल्यानमा नयाँ सीडीओको रुपमा लक्ष्मिदेवी हुमागाई खतिवडा आउँन लागकी हुन्छ । हुमागाई यस अघि काभ्रेपलान्चोक जिल्लाको सहायक सीडीओको रुपमा थिईन् ।

आज गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सल्यान सँगै सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार