• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

साहित्यले गुञ्जियाे ‘कुपिण्डे ताल’ (फाेटाे फिचर)


फागुन १६, सल्यान ।

हिजाे शनिबार सल्यानकाे प्रमुख पर्यटकीय स्थल कुपिण्डे तालमा एउटा बेग्लै राैनकता थियाे । सधै झै शनिबार कुपिण्डे तालमा आन्तरिक पर्यटक धेरै देखिने गरेपनि शनिबार भने साहित्यकाे राैनकताले कुपिण्डे ताल गुन्जायमान भएकाे थियाे ।

सल्यान कला साहित्य परिषद्ले कुपिण्डे तालमा ‘जलमा गजल’ कार्यक्रमकाे आयाेजना गरेपछि गजल सुन्न र तालकाे अवलाेकन गर्न सल्यान सँगै सुर्खेत, जाजरकाेट, दाङ लगाएतका जिल्लाबाट थुप्रै साहित्यकार तथा साहित्यप्रेमिहरुकाे उपस्थिती रहेकाे थियाे । ताल अवलाेकनकाे लागि मात्रै आएका अन्य पर्यटकहरुलाइ पनि साहित्यकाे रसले मन्चतिर तानेकाे थियाे ।

उसाे त सल्यान कला साहित्य परिषद्ले गत वर्ष पनि यहि समयकाे आसपासमा कुपिण्डे तालमै पहिलाे ‘जलमा गजल’ कार्यक्रम सम्पन्न गरेकाे थियाे । याे पटककाे कार्यक्रम दाेस्राे भएकाे परिषद्का अध्यक्ष भरत राेकाय ‘एक्सन’ले बताए ।

शनिबारकाे कार्यक्रममा विषेश बाचककाे रुपमा रहेकाे लिला पोख्रेल (सुर्खेत), जनक चन्द ‘ऋतु’ (जाजरकोट) र ओमप्रकाश देवकोटा (सल्यान)ले आफ्ना गजलहरू प्रस्तुत गरेका थिए । कुपिण्डे तालमा उपस्थित अन्य व्यक्तिहरु हर्ष उल्लाषले उनिहरुकाे गजल सुनिरहेका थिए । त्यस्तै, कार्यक्रममा अन्य आधा दर्जन स्रष्टाहरूले फुटकर गजल बाचन गरेका थिए ।

‘क्यानभासमा सल्यान’ पुस्तक विमोचन

यसैबीच जलमा गजल सँगै सल्यान कला साहित्य परिषद्ले प्रकाशन गरेकाे  ‘क्यानभासमा सल्यान’ नामक पुस्तक पनि शनिबार नै विमोचन गरिएको छ । पुस्तकमा सल्यानका अधिकांश साहित्य सर्जकहरूका लेख, रचना प्रकाशित गरिएको परिषद्का अध्यक्ष राेकायले बताए । याे पुस्तक सल्यान जिल्लाकाे साहित्यका लागि एक ऐतिहासिक दस्तावेज भएकाे उनकाे दाबी छ ।

पुस्तक विमाेचन वनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कुल बहादु पुरी ताल संरक्षण समिति संस्थापक दिपक कुमार यरी लगाएतकाे उपस्थितीमा गरिएकाे हाे । कार्यक्रममा बाेल्दै उनिहरुले यस्ता कार्यक्रमले कुपिण्डे तालकाे प्रचार हुने भन्दै खुसी व्यक्त गरेका थिए ।

परिष्दका अध्यक्ष भरत रोकायको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका शिवराज विसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण गजलकार बाबू त्रिपाठीले गरेका थिए । सल्यान कला साहित्यकाे बारेमा परिषद्का संस्थापक लोकेश जलनले जानकारी गराएका थिए । पुस्तक बिमोचन र गजल वाचन पश्चात् सहभागीहरूलाई कुपिण्डे तालमा डुङ्गा सयर गराइएको थियो ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार