• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

ग्यास बिक्रेता महासंघको केन्द्रीय सचिवमा दाङ तुलसीपुरका लाल बहादुर केसी चयन


फागुन,१६ तुलसीपुर । ग्यास बिक्रेता महासंघको केन्द्रीय सचिवमा दाङ तुलसीपुरका लाल बहादुर केसी चयन भएका छन् । शनिवार काठमाडौंमा भएको महासंघको चौथो अधिबेशनबाट केसी सर्वसहमतिमा सचिवमा चयन गरिएका हुन ।

केसी तुलसीपुर ग्यास व्यवसायी उपसमिति र ,ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश सल्लाहाकार पनि हुन ।केसी साना माल वाहक यातायात सेवा प्रा ली का दुर्घटना तथा जोखिम ब्यवस्थापन  संयोजक , सहयोगी सहकारी बचत तथा ऋण सहकारी संस्थाको लेखा संयोजकको रुपमा कार्यरत के सी लामो व्यवसायिक अनुभव बटुलेका सफल व्यवसायी हुन्।

उनी आफ्नो एक सफल व्यवसायिक समुहको आदर्श का रुपमा मानिन्छन् उनले  व्यवसायिक यात्रा रुकुम जिल्लाबाट सुरु  गरेका थिए भने उनी विभिन्न संस्था हरु लायन्स क्लबको  अध्यक्ष ,जेसिसको सदस्य ,पत्रकार महासंघको जिल्ला स्तरमा सदस्य ,द्वन्द्व कालमा पनि शान्ती जागरण अभियानका सदस्य ,नागरिक समाज रुकुमको सदस्य   उर्बर कृषि सहकारी को सचीव   ,राप्ती ताजा चाउमिन तथा सस  ब्यवसायी संघको सल्लाहकार ,जनलेखा परिक्षण परामर्शदाता  भइ काम गरेको अनुभव पनि छ   ।

केसी डाइनामिक ट्रेड कन्सर्न  मार्फत ब्यवसाय संचालन गर्दछन । उहाँ निकट स्रोत का अनुसार ब्यवसायीक बृतमा निकै लोकप्रिय  के सी  सबैलाई समान ढंगले मिलाएर राख्ने क्षमता भएका र तार्किक ब्यक्तित्व हुन  । हालै सम्पन्न तुल्सिपुर उधोग बाणिज्य संघ को निर्वाचन ताका उनले तुल्सिपुर मा भर्खरै ब्यवसाय बिस्तार गरेका भाइ पवन के सि लाई उम्मेदवार  बनाउदा उनको साखः संग जोडेर   पनि राम्रै चर्चा थियोे ।

रुकुम उद्योग बाणिज्य संघमा देखिएको केही समस्या हल गर्न पनि केसीले उधोग बाणिज्य महासंघका प्रतिनिधि लाई साथ दिई  गरेको सहजीकरणले  रुकुमका ब्यवसायी बिच राम्रो सन्चार भएको थियोे ।एध्यपी रुकुमेली केही ब्यवसायी का अनुसार   केसी सहित केही निजि क्षेत्रका केही ब्यक्तित्वको  सहयोग लिइ संघ लाई सुदृढीकरण गर्न जरुरी देखिन्छ ।

तसर्थ ग्यास  ब्यवसायी स्रोतअनुसार भबिस्यमा  के सी महासंघको नेतृत्व हाक्न सक्ने  बलिया दाबेदार हुन हाल अध्यक्ष ज्ञानेश्वर अर्याल र बरिस्ठ उपाध्यक्षमा चन्द्र बहादुर थापा सहित २९ सदस्यीय कार्यसमिति चयन भएका छन ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार