• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

उपचारका लागि दिल्ली पुगेकाे बाबुरामलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष


फागुन १७, काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष  छ । वायोप्सी, DOTA NOC परीक्षण,  Endoscopic ultrasound (EUS) , PET CT Scan सहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका छन् ।

देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ । यदि बेलैमा शल्यक्रिया नभए  क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले समेत गराएको भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले जानकारी दिए ।

अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उनले  डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए ।

अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्किनेछन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार