• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा ५ कक्षासम्मकाे विद्यालयमा दुइजना मात्रै शिक्षक, एउटै शिक्षकले पढाउँछन् १६ घण्टीसम्म


आनन्द बस्नेत

आनन्द बस्नेत / फागुन १७, सल्यान ।

सरकारी विद्यालयमा विद्यार्थी नभएकाे तर शिक्षकले खाली दिन बिताउनलाइ विद्यालय जाने गरेका खबरहरु धेरै ठाउँमा सुनिदै आएका छन् । तर सल्यानकाे एउटा विद्यालयमा भने शिक्षक नहुँदा एउटै शिक्षकले १६ घण्टीसम्म पढाउँदै आएका छन् ।

जिल्लाकाे वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ सुनाैलीमा रहेकाे सरस्वती आधारभुत विद्यालयमा अहिले १२८ जना विद्यार्थी नियमित विद्यालयमा पढ्न आउँछन् । तर यहाँ एकजना मात्रै दरबन्दीकाे शिक्षक हुँदा विद्यार्थीकाे पढाइ नै प्रभावित भएकाे छ ।

शिक्षक पनि आफै प्रधानध्यापक पनि आफै भएका सुरेन्द्र खड्काले आफुले दिनमा १६ घण्टीसम्म पढाउने गरेकाे बताए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘एउटा शिक्षकले बढीमा दिनमा ६ घण्टीसम्म पढाउन सक्छ । ४५ मिनेटकाे विषय हुन्छ । तर यहाँ शिक्षक नहुँदा २० मिनेटसम्म पढाएर भएपनि १६ घण्टीसम्म भ्याउनु परेकाे छ ।’

याे विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । सरकारले एकजना मात्रै दरबन्दीकाे शिक्षक राखेकाे छ । त्यस्तै एकजना बालविकास शिक्षिका र एकजना कार्यालय सहयाेगी छन् । शिशु कक्षाका बालवालिकाहरुलाइ पढाउन राखिएकाे बालविकास शिक्षिकाले पनि कक्षा ५ सम्मका विद्यार्थीलाइ पढाउनु परेकाे उनले बताए ।

त्यस्तै यहाँ अविभावकहरुले केहिसमय अघि पैसा उठाएर अर्काे एकजना शिक्षक राखेका छन् । ति शिक्षक, बालविकास शिक्षिका र प्रधानध्यापकले गरेर अहिले विद्यालय धानिहरका छन् ।

प्रअ सुरेन्द्र खड्काले भने, ‘बालविकास शिक्षिकाले पनि शिशु कक्षालाइ मात्रै नभएर माथिल्लाे कक्षालाइ पनि पढाउनु हुन्छ । ३ जनाले तिनवटा कक्षामा पढाउँदा बाँकी २ वटा कक्षाका विद्यार्थी खाली हुन्छन् । कुनै दिन शिक्षक बिरामी भएर आउन नभ्याएमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ ।’

याे समस्याबारे जिल्ला शिक्षा समन्वय इकाइ र  नगर शिक्षामा पटकपटक जानकारी गराउँदा पनि अहिलेसम्म कतैबाट कुनै सुनुवाइ नभएकाे उनले बताए । आफ्नो स्कुलमा कम्तिमा दुई / तीन जना शिक्षकको आवश्यकता रहेको उनकाे भनाइ छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार