• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

‘आजकाे युगमा पनि युवाहरु अन्धभक्त झाेले र पैसामा बिक्दा राजनीति दुर्गन्धित बनेकाे छ’


हेमन्त जि.सी.

हेमन्त जि.सी.

चेतना , संस्कार र राजनीतिक दुर्गन्ध

मानव समाज सभ्य र समुन्नत बनाउने कुरा चेतना र संस्कारमा परिस्कृत बनाउदै युवा पिडिले नेतृत्व गर्ने र अर्काे पिडिलाई थप खाेज र निर्माणकाे उत्प्रेणा दिदै पुस्ता हस्तान्तरण गर्ने विषय हाे । प्राकृतिक नियमहरुकाे जगमा टेकेर वैज्ञानिक र उन्नत चेतना र संस्कार निर्माण नयाँ पिडिकाे हुनुपर्ने हाे तर विगत देखि अहिले वैज्ञानिक भनाउँदाे युगसम्म मानव समुदायमा त्याे चेत र संस्कार विकसित हुन नसक्नु दुर्भाग्य हाे ।

चेतना मानव भएर जन्मेपछि प्राकृतिक नियमहरुकाे रक्षा र विकास गर्दै मानव समाजलाई कसरी सभ्य, समुन्नत, समृद्धशाली र समानतामुलक बनाउन सकिन्छ भन्ने साेच, विचारकाे दृष्टिकोण चेतना हाे । मानविय चेतकाे आधारमा जीवन र जगतलाई हेर्ने दृष्टिकोणकाे निर्माण हुन्छ । मानव समाजकाे सामुदायकीकरणकाे सुरुवात देखि नै समाज दुई वर्गमा विभाजित छ ।

बलियाे र निर्बलियाे । यसरी बलियाेले निर्बलियो लाई दमित बनाउने र आफुले रजाई रच्ने संस्कार बसाल्दै आयाे । बदलिदाे समय क्रम सँगै समानताकाे लडाईहरु चल्दै आउँदा समाज हुँदा खाने र हुने खाने वर्गमा रुपान्तरित भयाे तर चेतना उठ्न नस्कदाँ लडाइहरु विजय उत्कर्षकाे चुलिबाट समुद्रको फेदिमा पुग्नेगरि ढलाउँदै लगियाे । यसकाे मुख्य कारण नै हिजाे देखिकाे दमित संस्कारबाट अलगिन नसक्ने सामन्त निम्न पुँजिवादी चेतना हाे ।

संस्कार मानव समाजलाई युगसापेक्ष सभ्यताको स्कुल दिने चेतना संस्कार हाे । सत्य, तथ्य र न्यायकाे चेतमा नयाँ निर्माणकाे विगुल फुक्दै समाजलाई उन्नत्ताकाे मापन गराउने मापनयन्त्र संस्कार हाे । राजनीति चेतना र संस्कारलाई समय सापेक्ष बनाउने र समाजलाई नेतृत्व दिने मुल नीति राजनिति हाे । तर राजनितिलाई सामन्त निम्न पुँजिवादी चेत र संस्कारले नेतृत्व गर्दा आज संसारभर गरिखाने वर्गले दुखित र दमित जीवन जिउन विवश छन ।

त्यहि उल्टाे विषयलाई सुल्टाे बनाउने अभियानमा लाखाैंले जीवन दान गरे तर नव युवाहरुमा पुरानाे चेत र संस्कार भन्दा माथि उठ्न नसक्ने प्रवृत्तिले गर्दा आजपनि संसारमा दुई वर्गबीच लडाई लड्ने दुर्भाग्यपूर्ण बाटाे हिड्न गरिखाने वर्ग विवश छ । त्यही दुर्भाग्यकाे सिकार हाम्राे देश र समाज स्वभाविक रुपले परेकाे छ ।

आज पनि हाम्रा देशका नव युवाहरुमा नयाँ चेतना र संस्कारकाे विकास हुन नसक्दा देशले पाउनु दुख पाएकाे छ । आजकाे युगमा पनि नवयुवाहरु कसैकाे अन्धभक्त झाेले बन्ने , नेतृत्वलाई देवत्वकरण गर्ने र पैसामा बिक्ने प्रवृति हावी हुँदा चेतना र संस्कार मात्र हाेइन राजनीति दुर्गन्धित बनेकाे छ ।

जब राज्यकाे मुल निति नै असफल भएर राष्ट्र नै विलिन हुने अवस्था आउँछ अनि त्याे पैसा वा नव युवाहरुले पनि देवता ठानेका नेतृत्वकाे के नै औचित्य रहन्छ । एउटा गम्भीर प्रश्न आजकाे युगदेखी अनुत्तरित भएर उत्तरकाे खाेजिमा सुदुरक्षितिजकाे एउटा आँखिझ्यालबाट चियाई रहेकाे छ । हाे आज नवयुवाहरुमा नयाँ चेतना र संस्कारकाे खाेज अनुसन्धान र निष्कर्ष निकाल्ने र समाजलाई वैज्ञानिककिकरण गर्दै लग्ने चेत पलाउन नसक्दा उहीँ पुरानै चेतना र संस्कार सहितकाे नेतृत्वबाट दमित मानसिकताले हामी हाम्राे राजनिति दुर्गन्धित भएकाे छ ।

यसरी समाजलाई उन्नत र समानतामुलक समृद्धिमा उभाउने चेतना र संस्कारकाे वैज्ञानिकरण नयाँ नयाँ खाेजकाे खानि नवयुवाहरु हुन । नव युवाहरुले कसरी साेच्छन र खाेजकाे विषयमा प्रवेश गरि निस्कर्ष निकाल्छन भन्ने कुराले त्याे समाजकाे चेतना र संस्कारकाे परिचय दिन्छ ।

त्यसैले महान नेता माओत्सेतुङले भन्नू भएकाे छ “हे युवाहरु हाे याे देश तिमीहरुकाे हाे हुन त हाम्राे पनि हाे तर खासमा तिमीहरुकै हाे किनकी तिमी भनेका उदाउदाे सुर्य हाै हामी अस्ताउदाे हाैं ।” मतलव युवाहरुकाे चेतना र उक्त चेतनाले समाजमा बसाउने संस्कारले समाजलाई जुन प्रभाव पार्छ बृद्धहरुकाे चेतनाले कम पार्छ किनकी युवाहरुमा नयाँ चेतना र संस्कारकाे विकास हुन्छ ।

वृद्धहरुमा पुरानै चेत र संस्कार त्यसैले समाज डाेराउने नै नयाँ चेतनाले हाे । पुरानाेले त अस्ताउदाे बाटाे पकड्छ । दुर्गन्धित मानसिकताकाे उपज रगत देख्न नसक्ने तर मासु असाधै खान खाेज्नेहरुकाे जमात मतलव दुख नगर्ने सुख खाेज्ने, परिवर्तन खाेज्ने तर आफुले नगर्ने निम्न पुँजिवादी चिन्तनले ग्रसित चेत र संस्कारकाे सिकार बनेकाे छ देश ।

त्यसैकाे प्रभावमा लक्ष्यहिन व्यअर्थ पैसा र पावरकाे खाेजिमा चेतहिन कसैकाे अन्धभक्त भारदार बनेर आफू, समाज र सिङ्गाे मुलनितिलाई नै बद्नामित र दुरगन्धित बनाएकाे छ । यदि देश र समाजलाई साच्चिकै विकसित गर्ने हाे भने विनाकुनै आग्रह पुर्वग्राह सत्य, समानता, न्याय र समृद्धिकाे लागि नयाँ चेत र संस्कारकाे राकाे बाेक्ने साहस सम्पुर्ण युवाहरुले गर्नुपर्छ नकि कसैकाे अन्धभक्त पिछालाग्गु भएन् । त्यसैले नवयुवाहरुले एक पटक गहिराे गरि साेच्ने बदलिने र समाजलाइ पनि बदल्ने आट र अठाेट गर्ने समय ढिला भई सक्याे अलिक छिटाे जागाैं उठाैं सभ्य समाज निर्माणकाे महान दिशामा अघि बढाैं  ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार