• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा भरुवा बन्दुक सहित दुई जना पक्राउ


फागुन १८, सल्यान ।

सल्यानमा अवैध भरुवा बन्दुक सहित दुई जना प’क्राउ परेका छन् ।

फाइल फाेटाे

जिल्लाकाे कालिमाटी गाउँपालिका वडा नम्बर २ निवासी ४५ वर्षीय कुल बहादुर सारु र सोही ठाउँका २५ वर्षीय कमल घर्तीलाई २ थान अवैध भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सारुले घर नजिकै खोल्सोमा स्याउलाले छोपी भरुवा बन्दुक लुकाई राखेको र घर्तीले आफ्नै खेतबारीमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कर्यालय कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार