• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

विप्लव नेकपाले बनायाे वार्ता टाेली


फागुन १८, काठमाडाैं ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता टोली गठन गरिएको विप्लवले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।  देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्ता गर्ने विप्लवले विज्ञप्ती मार्फत बताएका छन् ।

सरकारले पनि मंगलबार मात्रै चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार