फागुन १८, सल्यान ।
सल्यानकाे श्रीनगर-खलंगा सडक खण्डकाे मर्मत कार्य सुरु भएकाे छ । केहि वर्ष पहिले कालाेपत्रे गरिएकाे उक्त सडक खण्डलाइ अहिले मर्मत गर्न थालिएकाे हाे ।
सडक डिभिजन कार्यालय दाङकाे ५१ लाखकाे बजेटमा निशान भुमि कन्डक्शनले चैत्र मसान्तसम्म मर्मत सक्नेगरी काम थालनी गरेकाे कन्डक्शनका संचालक डिल्ली केसीले बताए । उनका अनुसार खलंगाकाे पुरानाे बसपार्कदेखि एक सय मिटर अगाडीकाे सबै भागमा कालाेपत्रे उम्किएकाेले पुर्ण रुपमा कालाेपत्रले गरिने छ ।
अहिले यहाँ सडक बन्द गरेर कालाेपत्रे र नाला बनाउन थालिएकाे छ । त्याे सँगै सितलपाटीसम्म कालाेपत्रे उम्किएर खाल्डाखुल्डी परेकाे ठाउँमा मर्मत गरिने उनले बताए ।