• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

मा.वि. प्रतापकोटमा रोज बहिनी किशोरी क्लव गठन


फागुन  १९, दाङ । 

किशोर अवस्थाका छात्राहरु मार्फत महिनावारी बारे जानकारी दिन, महिनावारीका बेला अपनाउनु पर्ने सावधानी बारे जानकारी गराउन, प्याड प्रयोगबारे सचेतना फैलाउन र प्याडको ब्यवस्थापन गर्ने उद्देश्यले माध्यमिक विद्यालय तुलसीपुर उपमहानगरपालिका ३ प्रतापकोट आम्बास दाङमा रोज बहिनी किशोरी क्लव गठन गरिएको छ ।

महिनावारीको समयमा पनि किशोरीहरु नियमित रुपमा विद्यालयमा आउने बनाउन, महिनाबारीबारे छात्राहरु स्वयंमलाई र उनीहरु मार्फत परिवार र समाजमा समेत जानकारी दिनका लागि क्लबको गठन गरिएको मा.वि. प्रतापकोट विद्यालय आम्बासका प्रधानाध्यापक फस्ट वहादुर रानाले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक फस्ट वहादुर रानाको अध्यक्षतामा वसेको शिक्षक विद्यार्थीहरुको सयुक्त वैठकले कक्षा ६ देखि १० सम्म पढ्ने छात्राहरुलाई सहभागि गराएर ११ सदस्यीय मा.वि. प्रतापकोट रोज बहिनी किशोरी क्लव गठन गठन गरेको हो ।

जसको संरक्षकमा विद्यालयका प्रधानाध्यापक फस्ट वहादुर राना ,सह संरक्षकमा शिक्षिका रिता ओली, संयोजकमा कक्षा ८ कि छात्रा गोमा पुन, कक्षा ७ की छात्रा अनिसा बुढा सहसंयोजमा रहनुभएको छ भने सदस्यहरुमा कक्षा ६ की प्रतिक्षा गुरुङ, कक्षा ६ की खुमा बुढा, कक्षा ७ कि मनिसा गिरि, कक्षा ८ वाट छात्राहरु सन्तोषी घर्ती र रुपा वुढा, कक्षा ९ वाट छात्राहरु रोशनि घर्ति र सन्ध्या गुरुङ र कक्षा १० वाट छात्राहरु सुमिक्षा घर्ति र लिलावति कँडेल रहेका छन् ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सुरेन्द वुढाले गर्नु भएको थियो भने रोज बहिनी किशोरी क्लवको वारेमा विद्यालयका सुचना प्रविधि शिक्षक नवराज घिमिरेले प्रकास पारेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार