• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानकाे झिम्पेमा भीषण आगलागी : वनमा सल्किएकाे आगाे बस्तीमा पुग्याे, ३ घर जलेर नस्ट


फागुन १९, सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ झिम्पे दुदिल्य बस्तीमा भीषण आगलागी भएकाे छ । आगलागीबाट दुइवटा खरकाे छाना र एउटा टिनकाे छाना भएकाे घर जलेर नस्ट भएका छन् ।

हिजाे दिउँसाे स्थानीय रैजेखाेला चाैखेढुंगा वनबाट सुरु भएकाे आगाे मानव बस्तीमा पुग्दा स्थानीइ ददिराम खत्रीका दुइ घर र माेहलाल शर्मका एउटा घर जलेर नस्ट भएका हुन् । आगलागीबाट घरमा भएकाे अन्नपात, तत्ताकपडा लगाएतका सामान जलेर नस्ट भएका छन् ।

त्यस्तै वनबाटै फैलिएकाे आगलागीबाट स्थानीय ज्ञान बहादुर वलीका बाहिर बाँधेका दुइवटा बाख्रा मरेका छन् । आगलागीले वन क्षेत्र सखाप समेत पारेकाे वडाध्यक्ष नेव बहादुर खड्काले लेकाली अनलाइनलाइ बताए ।

दिउँसाे ३ बजेबाट सुरु भएकाे आगलागी राती १० बजेसम्म सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयहरुले नियन्त्रणमा लिएपनि फेरी आज बिहानैबाट वनक्षेत्रमा आगलागी सुरु भएकाे उनले बताए । भिरालाे घाँसे भुमी भएकाेले आगलानी नियन्त्रण गर्न कठिनाइ भएकाे उनले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार