• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यान उद्याेग बाणिज्य संघमा (काँग्रेस-केपी-राप्रपा)काे एउटा प्यानल, (प्रचण्ड-माधव)काे अर्काे प्यानल


फागुन १९, सल्यान ।

सल्यान उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यानल बीच प्रतिस्पर्धा हुने भएको छ । फागुन २९ गते हुने निर्वाचनका लागी बुधबार दुवै प्यानलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् ।

तस्बिरः बायाँ अध्यक्षका उम्मेद्वार कुमार बुढाथाेकी, दायाँ राजेन्द्र कुमार थापा

दुइ प्यानलमा एउटा प्यानल नेकपा (प्रचण्ड-माधव समुह)काे समर्थनमा प्रगतिशिल प्यानलबाट अध्यक्षकाे उमेद्वारमा राजेन्द्र कुमार थापा रहेका छन् । अर्काे प्यानलमा नेपाली काँग्रेस, नेकपा (केपी ओली समुह) र राप्रपाकाे समर्थनमा संयुक्त ब्यावसायिक प्यानलबाट कुमार बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

बुढाथाेकी हालका उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुन भने थापा अघिल्लाे कार्यकालका काेषाध्यक्ष हुन् । दुवै प्यानलबाट अध्यक्ष सहित २१/२१ जनाकाे सदस्य उमेद्वारी दर्ता भएकाे छ ।

वर्तमान महासचिव भरतकुमार बस्नेतले संयुक्त प्यानलबाट वाणिज्य उपाध्यक्षको उमेद्वारी दर्ता गराएका छन् । त्यस्तै संघका वर्तमान सदस्य सुरेश कुमार केसीले सचिवमा उमेद्वारी दिएका छन् भने वर्तमान वस्तुगत सदस्य विकास डिसीले पनि सचिवमा उमेद्वारी दर्ता गराएका छन् ।

त्यसैगरी वर्तमान सदस्य अशाेक कुमार बोहराले काेषाध्यक्षमा उमेद्वारी दिएका छन् ।

वर्तमान अध्यक्ष बीर बहादुर चलाउने, बाणिज्य उपाध्यक्ष दिपक कुमार बाेहरा, उद्याेग उपाध्यक्ष भुपाल साहु, सचिव पवन डाँगी, काेषाध्यक्ष कालिबहादुर भण्डारीले भने उमेद्वारी दाेहाेर्याएका छैनन् ।

निर्वाचन कार्यतालिका अनुसार फागुन २० गते उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहेको  । यस्तै फागुन २१ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको छ । यस्तै फागुन २९ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म मतदानको समय रहेको छ ।

हेर्नुहाेस् उमेद्वारीकाे लिस्ट 

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार