• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानकाे एक विद्यालयमा हावाले छानाे उडाएकाे झण्डै एक वर्षमा पनि मर्मत भएन्


फागनु २०, सल्यान ।

सल्यानकाे एक विद्यालयमा हावाहुरीले छाना उडाएकाे झण्डै एक वर्षसम्म मर्मत हुन सकेकाे छैन् । जिल्लाकाे वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको हावाहुरीले छाना उडाएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत हुन सकेको छैन् ।

गत वैशाख २८ गते आएका हावाहुरीले विद्यालयको छाना फालेको थियो । विद्यालयको छाना मर्मत नहुँदा विद्यार्थीहरु खुला आकाशमा पढ्न बाध्य भएका छन् । छानाे नहुँदा खुल्ला आकाशमा बसेर पढ्दा छाराेधुलाेले गर्दा टाउँकाे दुख्ने जस्ता समस्याले हैरानी भएकाे विद्यार्थीहरुले बताएका छन् ।

विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरेपनि बेवास्ता भइरहेको विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले बताए ।

उनले भने  ‘अब गर्मी समय सुरु भयो । दिनभर खुला चौर र छाना नभएको भवनमा राखेर पढाउन सकिदैन । विद्यालय नजिकैबाट सडक भएकाले सडकको धुलो सबै विद्यालयमै आउँछ ।’  विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाई नभको उनकाे भनाइ छ ।

यता वनगाड कुपिण्डेका मेयर गाेविन्द पुनले मर्मत शिर्षकमा बजेट नहुँदा समस्या भएकाे बताएका छन् । उनले अब शिक्षा क्षेत्रतर्फ छुट्याएकाे बजेटलाइ कार्यपालिकाकाे बैठकमा लिएर अनुमाेदन गराइ केहिदिनभित्र विद्यालयसँग सम्झाैता गरेर काम गरिने प्रतिकृया दिएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार