• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा जेसिबी दुर्घटना हुँदा दुइ जना घाइते


फागुन २०, सल्यान ।

सल्यानमा जेसिबी दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाकाे अवस्था गम्भीर छ ।

रुकुम पुर्वकाे सिस्ने गाउँपालिकाकाे रा १ ख ७१५ नम्बरकाे सरकारी जेसिबी मर्मत गर्न दाङ जाँदै गर्दा सल्यानकाे बागचाैर ९ काेटमाैला तिनपाने जंगलमा बिहीबार दिउँसाे ३ बजेतिर दुर्घटना भएकाे हाे । दुर्घटनामा चालक राेल्पा नुवागाउँका अन्दाजी बर्ष ३३ का नवराज कुंवर गम्भीर घाइते भएका हुन् ।

उनकाे जनप्रिय पाेलिक्लिनिक बागचाैरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकाे छ । त्यस्तै, दुर्घटनामा घाइते सहचालक सिस्ने गाउँपालिका ७ खाेपिटारका तिलक बुढाकाे जनप्रिय पाेलिक्निकमा उपचार भैरहेकाे छ । उनकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।

रुकुमबाट आएकाे उक्त जेसिबी दाङ जानलाइ दुरी छाेटाे पर्ने र चालककाे घर हुँदै जाने भएकाेले बागचाैरबाट काेटमाैला, झ्याम, काेइला हुँदै कपुरकाेट निस्किएर जान खाेज्दा तिनपानेमा दुर्घटना भएकाे हाे ।

जेसिबीकाे ब्रेक फेल भएकाेले मर्मत गर्न जान लागेकाे र त्यहि ब्रेक फेलका कारण दुर्घटना भएकाे अस्थायी प्रहरी चाैकी पातिहाल्नका इन्चार्ज असइ सनत कुमार शाहले लेकाली अनलाइनलाइ बताए । जेसिबी सडकबाट करिब सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार