• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

विप्लवले हेलिकप्टर चढ्न मानेनन्, गाडीमै काठमाडाैं आउँदै


फागुन २०, काठमाडौं ।

सरकारद्वारा प्रतिबन्ध लगाइएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन् ।

गृह मन्त्रालयले ‘विप्लव’ का लागि हेलिकप्टरको व्यवस्था गरेपनि उनी गाडीमै बिहीबार बेलुका काठमाडौं आइपुग्ने भएका हुन् । मन्त्रालय स्रोतका अनुसार गृहमन्त्रीले हेलिकप्टरबाटै विप्लवलाई काठमाडौं ल्याउने प्रस्ताव राखेका थिए ।

तर, विप्लवले हेलिकप्टरमा चढ्न नमानेपछि हेलिकप्टर क्यान्सिल गरिएकाे श्राेतकाे भनाइ छ । विप्लव अहिले कहाँ छन् र कहाँबाट काठमाडाैं आउँदैछन् भन्नेबारे अहिलेसम्म ठाउँ गाेप्य राखिएकाे छ । प्रतिबन्धकाे २ वर्षपछि विप्लव सार्वजनिक हुँदै छन् ।

आजमात्रै सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको थियाे । सहमतिअनुसार विप्लव नेकपाको राजनीतिक गतिविधिमा प्रतिबन्ध फुकुवा भएकाे र भाेली दिउँसो विप्लव र प्रधानमन्त्री केपी ओली एउटै मञ्चमा देखिँदैछन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार