• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

मदन घिमिरेको निर्देशन र मौनता श्रेष्ठको लेखनमा बन्ने भयो ‘आँधी तुफान–२’


फाल्गुन,२० दाङ । मदन घिमिरेको निर्देशन तथा मौनता श्रेष्ठद्वारा लिखित ‘आँधी तुफान २’ आगामी चैतको दोस्रो साताबाट निर्माण हुने भएको छ । आज बिहिबार काठमाडौ मलस्थित डाड्युपन्यु रेष्टुरेन्टमा आयोजित समारोहमा उक्त निर्माण गर्ने घोषणा गरिएको हो । एक दशक अगाडि निर्माण भएको फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा यो फिल्म निर्माण हुन लागेको हो ।थ्रिलर र सस्पेन्स बिषयमा नारी एक्सन समेटिएर फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोईराल, कनिज कोईराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज आदिले अभिनय गर्दैछन ।कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव रोज राणा, बितरक तथा निर्माता गोपाल कायस्थ, सुशिल पोखरेल आदिले फिल्मको सफलताका लागि शुभकामना दिएका थिए । चलचित्रमा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहने छ ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार