• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

प्रतिबन्ध फुकुवापछि विप्लवकाे पहिलो फाेटाे सार्वजनिक, यस्ताे ठाउँमा छन् अहिले


फागुन २१, काठमाडाैं ।

प्रतिबन्धकाे फुकुवापछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवकाे पहिलाे तस्बिर सार्वजनिक भएकाे छ ।

सरकार र नेकपाबीच हिजाे वार्ताकाे सहमतिमा पुगेपछि विप्लवको पहिलो तस्बिर नवलपरासीमा सार्वजनिक भएको हाे । विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्न लागेकाे जनपत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले जनाएका छन् ।

सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि ईन्कार गरेका विप्लव गाडीमा काठमाडौ आउँदैछन । राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुन लागेका हुन् ।

सभागृहमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने समय तालिका छ ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार