• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यान थारमारेका ट्राफिक इन्चार्ज बिरेन्द्र कठायतकाे नयाँ कार्य !


फागुन २२, सल्यान ।

अस्थायी ट्राफिक पोष्ट थारमारे सल्यानकाे इन्चार्जमा बिरेन्द्र कठायत आएयता सडक व्यवस्थापनमा राम्राे कार्य भएकाे देखिएकाे छ । कठायतले स्थानीय सरकारसँग समन्वय गरेर दुर्घटना न्यूनिकरण गर्न विभिन्न कामहरु देखाएका छन् ।

अहिले उनि सडक व्यवस्थापनका लागि बिहानदेखि बेलुकासम्म सडकमै देखिने गर्छन् । सडकमा जिर्ण बनेका संकेतिक बाेर्डहरु मर्मत, साँघुरा घुम्तीहरु कटिङ, ट्राफिक आइलन लगाएतका कामहरु उनले गरेका छन् ।

उनले भने, ‘मैले याेजना मात्रै ल्याएकाे हुँ । यसमा नगरपालिकाले सहयाेग गरेकाे छ । नगरपालिकाले सहयाेग नगरेकाे भए याे काम गर्न गाह्राे हुन्थ्याे ।’ अस्थायी ट्राफिक पोष्ट थारमारेकाे एरिया भित्र, दर्जनबढी बाेर्डहरु, घुम्तीहरु र थारमारे बजारमा सल्यान जिल्लामै पहिलाेपटक ट्राफिक आइलन गरेकाे उनले बताए ।

उक्त ट्राफिक आइलनकाे शुक्रबार बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीकाे प्रमुख आतिथ्यतामा उद्घाटन गरिएकाे छ । उद्घाटन कार्यक्रममा बाेल्दै मेयर बुढाथोकीले दुर्घटना न्युनिकरणका साथै सवारी साधनको ब्यवस्थापनमा आइलनको मुख्य भुमिका रहने बताए ।

अन्य स्थानीय तहरुका प्रमुख व्यापारिक केन्द्रहरुमा समेत आइलनको आवश्यकता रहेको बताउँदै उनले आइलनले दुर्घटनामा न्युनिकरण हुनुका साथै सम्पुर्ण सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी दिन महत्त्वपूर्ण भुमिका खेलेकाे बताए ।

आइलनले सवारीचालक हरुलाई ट्राफिक नियमहरुमा सजक बनाउने ट्राफिक इन्चार्ज खठायतले बताए । त्यस्तै, पहाडी ठाउँका सडकहरुमा सवारी साधन दुर्घटना हुनुको मुख्य कारण घुम्तीहरु भएकाले घुम्तीहरुलाई पनि फराकिलो गराउने काम गरिरहेको उनले बताए ।

उनले सल्यान जिल्लाका अन्य दशवटै स्थानीय तहहरुलाई आफ्नो स्थानीय तह भित्र पर्ने मुख्य सडकका घुम्तीहरुलाई सुधारका साथ फराकिलो गराउने कार्यमा लाग्न अनुरोध समेत गरेका छ्न् ।

इन्चार्ज कठायतले अब तत्कालै शिद्वकुमाख गाउँपालिकाको ढोरचौर देखि सल्यान र रुकुमको सिमाना खौला बजार सम्मका घुम्तीहरुलाई फराकिलो गराउनको लागि सम्बन्धित स्थानीय तहहरु संग सहकार्य गरेर काम थालनी गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार