• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा १३ हजार जेष्ठ नागरिकहरुलाइ काेराेना विरुद्धको खोप लगाइने


फागुन २२, सल्यान ।

सल्यानमा आइतबारदेखि झण्डै १३ हजार जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । भाेलि फागुन २३ गतेदेखि २६ गतेसम्म पहिलाे चरणमा जिल्लाका ५ पालिका र त्यसपछि दाेस्राे चरणमा अन्य ५ पालिकामा गरि ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाइ खाेप लगाइने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएकाे छ ।

नेपाल सरकारकाे खाेप अभियान अन्तरगत याे खाेप तेस्राे चरणकाे हाे । तेस्राे चरणकाे उक्त खाेप सल्यानमा पहिलाे चरणमा शारदा नगरपालिका, कपुरकाेट, त्रिवेणी, छत्रेश्वरी र कालिमाटी गाउँपालिकामा लगाइने कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार त्यसपछि अन्य ५ पालिकामा दाेस्राे चरणकाे खाेप फागुन २७ गते देखी चैत १ गते सम्म संचालन गरिनेछ ।

२०६८ सालको जनगणना अनुसार जिल्लाभरमा ६५ वर्ष उमेर समुह माथिका १६ हजार २ सय ५ जना नागरिक भएपनि झण्डै १३ हजार नागरिकलाई मात्रै पुग्ने  खोप भएकाेले अहिले त्यतिलाइ मात्रै लगाइने उनले बताए । उनकाअनुसार हाल जिल्लामा १२ हजार ५ सय भाइल खोप आएको छ भने यस अघिको ८ सय ८४ भाइल खोप बचत रहेको थियो ।

खाेप सबै पालिकाका स्वाथ्य चाैकी र सामुदायीक इकाइमा पुगिसकेकाे उनले बताए । पहिलो चरणमा खोप अभियान सञ्चालन हुने पाँच स्थानिय तहमा ३० वटा खोप कन्द्र तोकिएको छ । जसका लागि खोप सुपरिवेक्षक र खोपकर्ताहरुलाई खोप सम्बन्धी तालिम दिईसकिएको छ ।

कोरोना भाइरस बिरुद्धको खोप लगाइ सकेपछि स्वास्थ्यमा सामान्य असर देखिदैँमा आत्तिन नहुने भन्दैजिल्ला अस्पतालका डा. भिमकान्त जैसीले ढुक्क भएर खोप लगाउन सुझाव दिएका छन् ।

नेपाल सरकारकाे पहिलाे चरणकाे खाेप अभियान अन्तरगत हालसम्म सल्यान जिल्लामा  १ हजार २ जनाले र दाेस्राे चरणमा १५ सय १४ जनाले गरी २ हजार ५ सय १६ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार