• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यान कारागारमा रहेका एक कैदीको मृत्यु


फागुन २२, सल्यान ।

कारागार कार्यालय सल्यानमा रहेकाे एक कैदीको मृ’त्यु भएको छ ।

ज’ब’र’ज’स्ती करणी मु’द्धामा कैद सजाय भुक्तान गरिरहेका सल्यान कपुरकोट गाउँपालिका ५ का ८४ वर्षीय जिब लाल बोहराको मृ’त्यु भएको हाे ।

ज’ब’र’ज’स्ती करणी मुद्धामा फरार भएका बोहरा गएको माघ ८ गते मात्र प’क्राउ परेर जेल चलान भएका थिए । यहि फागुन १६ गतेबाट उनको स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल सल्यानमा उपचार भईरहेको थियो ।

बोहराको उपचारका क्रममा मृ’त्यु भएको कारागार कार्यालय सल्यानका जेलर बल बहादुर केसीले जानकारी दिए ।

अस्पताल ल्याउँदा बोहराको मुटुले राम्रोसंग काम नगरेकोे स्वास्थ्य सेवा कार्यालय सल्यानका मेडिकल अधिकृत डाक्टर भिमकान्त जैशीले बताए ।

‘अस्पताल ल्याउँदा मुटुले राम्रोसंग काम गरेको थिएन् ।’, डाक्टर जैशीले भने, ‘हामीले मुटुलाइ सजिलो बनाउने औषधी प्रयोग गरि रहेका थियौं तर उपचारका क्रममै आज एक्कासी उनको ज्यान गयो ।’

मृ’तकको श’वलाइ उनको परिवारले बुझेर लगेको प्रहरीले जनाएको छ । मृतकका छोरा पनि उपचारका लागी अस्पतालमा संगै रहेको जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले कानुनी प्रकृया पुर्याएर शव परिवारको जिम्मा लगाएको बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार