फागुन २३, सल्यान ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकताबाट घाेषणा गरिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाइ सर्वाेच्चाेले खारेज गरिदिएकाे खुशीयालीमा सल्यानमा दिप प्रज्वलन गरिएकाे छ ।
सर्वाेच्चले (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि सल्यानमा केपी ओली समुहले दिप प्रज्वलन गरेकाे हाे । नेकपा एमाले जिन्दावाद लेखेर सल्यानकाे सदरमुकाख खलंगामा केपी टिमले आज साँझ दिप बालेकाे हाे ।
नेकपा केपी ओली समुहकाे भातृसंगठन अनेरास्वयूकाे आयाेजना भएकाे दिप प्रज्वलनमा केपी समुहका केन्द्रीय सदस्य लाेक बहादुर डाँगी, जिल्ला सदस्य मनाेज सिंह, अनेरास्वयूका जिल्ला सहसंयाेजक पुस्कर विक लगाएतकाे उपस्थिती रहेकाे थियाे ।