• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

अनेरास्ववियू अक्सफोर्डको अध्यक्षमा सल्यानका तारादेव डाँगी चयन


फागुन २४, सल्यान । 

काठमाडाैं स्थित अक्सफोर्ड एडभान्स् इन्जिनियरिङ कलेज अनेरास्ववियूको इकाई कमिटी सम्मेलनले अध्यक्षमा सल्यानका तारादेव डाँगीलाई चयन गरेको छ ।

हालै सर्वाेच्चले खारेजी गरेकाे नेकपा प्रचण्ड र माधव निकटकाे भातृ संगठन अनेरास्ववियूले अक्सफोर्ड कलेजमा तारादेव डाँगीको नेतृत्वमा २१ जनाको नयाँ कार्यसमिति गठन गरेको हो । डाँगी सल्यान बागचाैर नगरपालिका ३ निवासी हुन् ।

अन्य कार्यसमितीमा उपाध्यक्ष सन्दिप विश्वकर्मा, मेघराज महतारा, सचिवमा खेमराज सज्याल र कोषाध्यक्षमा जुनु वली चयन भएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार