• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानका विभिन्न ठाउँमा मनाइयाे १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस


फागुन २४, सल्यान ।

१११ औँ अन्तर्राष्ट्रिय महिला दिवस सल्यानका विभिन्न ठाउँमा मनाइएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नारा सहित जिल्लाभर दिवस मनाइएको हो ।

सल्यानकाे सदरमुकाम खलंगामा र्याली निकालेर दिवस मनाइएकाे हाे । खलंगा टुडिखेलबाट शुरु भएको  र्याली पुरानो बसपार्क, ठण्डी सडक हुँदै जिल्ला समन्वय समितिको हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि हुमागाई खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण वलीले कार्यपत्र प्रस्तुत गरेका थिए । शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजना तथा हरप्लेस सल्यान, इन्सेक सल्यान, दलित विकास समाज सल्यान, ग्रामीण महिला उत्थान केन्द्र सल्यान, समृद्धिका लागी सहकार्य नेपालको सहआयोजनामा कार्यक्रम संचालन गरिएको हो ।

नगरपालिकाका कार्यरत सिता गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन महिला अधिकार रक्षक संजाल सल्यानका अध्यक्ष सोबिता बस्नेतले गरेकी थिइन् ।

उता बागचाैर नगरपालिकाले पनि वडा नम्बर ५ काे बाउँनठानमा कार्यक्रम गरि दिवस मनाएकाे छ । नगरकी उपमेयर कल्पना पुनकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा महिला वक्तृत्वकला, लोक गीत, लोक दोहोरी र घैटोफाेर कार्यक्रम गरिएकाे थियाे ।

त्यसैगरी सल्यानकाे पश्चिम क्षेत्रमा रहेकाे बनगाड कुपिण्डे नगरपालिकामा पनि नगरपालिकाको आयोजना र सुआहारको सहकार्यमा प्लेटकार्ड सहितकाे र्याली निकालिएर दिवस मनाइएकाे हाे ।

र्याली पछ्यात भएकाे काेणसभामा परिणत भएकाे कार्यक्रममा कार्यक्रममा देवस्थल स्वास्थ्य चौकी इन्चार्ज भुमा बुढाथोकी, सुआहार प्रतिनिधि सुकलाल परियार, रिणि सस्था बाके प्रतिनिधि सृष्टि शाह, सामी परियोजना सुनिता पुन, विपना बुढाथोकी लगाएतले मन्तव्य राखेका थिए ।

बनगाड कुपिण्डे नगरपालिका नगर उप प्रमुख मन्जु यरिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महिला शाखा प्रमुख निरु शाहिले गरेकी थिइन् ।

उता कपुरकोट गाउपालिका वडा नम्बर ३ मा पनि विविध कार्यक्रम गरिएको छ । कार्यपालिका सदस्य ललिता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति वडा नम्बर ३ का वडाअध्यक्ष मीन बहादुर सेन रहेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु प्रदिप खडका, टिका राम बुढाथोकी, साना किसान कृषि सहकारी संस्थाका सहायक प्रबन्धक जित प्रसाद आचार्य, कालिका माद्यामिक बिद्यालय कपुरकोटका प्रधानाध्यापक चुडामणी केसी लगाएतकाले बोलेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार