• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

चार छोराछोरीसहित आमाले कर्णाली नदिमा हाम्फालिन्


फागुन २५, दैलेख ।

कर्णाली नदिमा एक महिलाले चार छोराछोरी सहित हाम्फालेकी छन् । दैलेखको आठबीस नगरपालिका वडा वडा नम्बर ३ निमायलकी सुकी बडुवालले आइतबार साँझ आफ्ना चार सन्तानसहित आफुले हाम फालेकाे जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएकाे छ ।

प्रहरीकाअनुसार सोमबार साँझ छोरीहरु १६ वर्षीया कल्पना बडुवाल, १२ वर्षकी सरिता बडुवालको शव फेला परेको छ भने अन्य तीनजना बेपत्ता छन् ।

सोमबार साँझ दुइ छोरीको शव फेला परेपछि मात्रै पाँचै जनाले कर्णालीमा हाम्फालेको हामीले थाहा पाएकाे त्यहाँका वडाअध्यक्ष प्रयागबहादुर शाहीले बताएका छन् । उनकाअनुसार आइतबार दिउँसो निमायलका श्रीमान मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी बडुवाल आइतबार राती नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् ।

‘उनी आइतबार राती नै घरबा निस्किएको थाहा भयो । श्रीमान मदिरा सेवन गर्ने गरेका थिए । सायद घर झगडा भएको हुनुपर्छ,’ वडाअध्यक्ष शाहीले भने, ‘साथमा उनले तीन छोरी र एक छोरालाई समेत लगेर गएकी रहिछन् ।’

मध्यपहाडी लोकमार्गको अछाम जोडने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएकाले पाँचै जनाले कर्णालीमा हाम्फालेको बताए । दुइ छोरीको शव डोरीले हात बाँधिएको अवस्थामा सोमबार अबेर फेला परेको थियो । बाँकीको खोजी भइरहेको उनले बताए ।

उनले सुकी बडुवाल र उनको एक छोरार एक छोरी अहिले पनि वेपत्ता भएको र प्रहरी तथा समूदायले खोजी कार्य जारी राखेको प्रहरीले बताएकाे छ । सुकीका उनका श्रीमान प्रहरी नियन्त्रणमा छन् । घटना कसरी भयो भन्ने बारेमा अहिले नै भन्न सकिने अवस्था नभएकाे प्रहरीकाे भनाइ छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार