• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

दुर्गेश थापा भोलि बिहिवार दाङ आउदै


तेज वली/ फाल्गुन २६, दाङ । 

नेपाली गित संगीतको बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित गाएक दुर्गेश थापा भोलि बिहिबार दाङ आउने भएका छन ।

तुलसिपुर उपमहानगर पालिका वडा न.७ मा चलिरहेको ऐतिहासिक भोटे मेलामा आफ्नो सहभागिका लागि उनि आफ्नो प्रस्तुति दिन आउने बताइएको छ । हिन्दुहरुको महान चाड शिबरात्रीको दिनमा उनी दाङ आउदै गर्दा उनलाई मन पराउने उनका फ्यानहरु उनिलाई हेर्न आतुर रहेका छन ।

दुर्गेश दाङमा हुने विभिन्न कार्यक्रममा आईरहेका छन । दाङमा उनको फ्यान फोलिङ र क्रेज एकदमै राम्रो छ। केही दिन अगाडि मात्र शिबरात्रीलाई मध्य नजर गर्दै उनले बजारमा नया गित सलाई छ,(जय शम्भु) निकालेका छन । जुन गितलाई एकदम मन पराईएको छ ।

यससगै उनका हरेक गितहरु य़ूटूबको ट्रेनीङ्गमा पर्दै आएका छन । उनि युवा पुस्ताले रुचाएका गाएक हुन। बिहिवार हुने कार्यक्रममा सम्पुर्ण दंगालीलाई कार्यक्रममा सहभागिताका लागि उनले आग्रह गरेका छन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार