राप्ती राजमार्ग मर्मत गर्न १० कराेड छुट्याइयाे, असारसम्म सक्नेगरी ८ ठाउँबाट काम सुरु


खकेन्द्र केसी

फागुन २६, सल्यान ।

राप्ती राजमार्गकाे सल्यान सडक खण्डलाइ मर्मत कार्य थालनी गरिएकाे छ । सल्यानकाे कपुरकाेट गाउँपालिका स्थित अरिंगालेफेदी देखि सल्यान-रुकुमकाे सिमाना खाैलासम्मकाे ७६ किलाेमिटर सडक मर्मत कार्य थालिएकाे हाे ।

विभिन्न ८ ठाउँमा ठेक्का गरेर केहि काम थालनी गरिएकाे र केहि ठेक्का प्रकृयाकाे अन्तिम तयारीमा रहेकाे सडक डिभिजन कार्यालय दाङका इन्जिनियर विजय रेग्मीले लेकाली अनलाइनलाइ बताए । उनकाअनुसर राजमार्गमा उत्रिएकाे कालाेपत्रे र खाल्डाहरु मर्मत गरिने छ ।

जसका लागि १० कराेड बढीकाे काम हुनेभएकाे छ ।  अरिंगालेदेखि सिधै श्रीनगरसम्म २ कराेडकाे एउटा ठेक्का प्रकृया पुरा भएकाे र केहि दिनमा काम थालनी हुने उनले बताए ।

त्यस्तै यहि खण्डकाे बीचमा लुहाम आसपासमा १ कराेडकाे एउटा र शंकमुल आसपासमा ५५ लाखकाे अर्काे ठेक्का प्रकृया पुरा भएर काम थालनी भएकाे छ ।

श्रीनगरदेखि रामेखाेला आसपाससम्म १ कराेड, रामेखाेलादेखि बेलाइतिघारीसम्म ३ कराेड, बेलाइतीघारीदेखि बागचाैरसम्म १ कराेड, बागचाैर देखि सिमाखाेलीसम्म ५० लाख र सिमाखाेली देखि खाेलासम्म ३ कराेडकाे बजेटमा काम हुन लागेकाे सडक डिभिजन कार्यालय दाङले जाएकाे छ ।

यहि वर्षकाे असार मसान्नत सम्म काम सकाउने गरी अब तिव्र गतिमा काम हुने इन्जिनियर रेग्मीले बताए । उनले भने, ‘गतवर्ष पनि काम हुने भनिएकाे थियाे । काेराेनाले गर्दा राेकिएकाे हाे । याे वर्ष असारसम्म सकाउने गरी हामीले पनि ठेकेदारलाइ प्रेसर गरिरहेका छाैं । उहाँहरु पनि लाग्नु भएकाे छ ।’

अहिले लुहाम, शंकमुल, बरला नजिकै भीरखाेलामा काम भैरहेकाे र केहिदिनमा रामेखाेला र बागचाैर खण्डमा काम सुरु हुने उनले बताए ।

यसैबीच दाङ सल्यानकाे सिमाना चाेरखाेला देखि कपुरकाेटसम्म डबल कटिङकाे लागि ५/५ कराेडका दुइवटा ठेक्का प्रकृयामा गैसकेकाे सडक डिभिजन दाङले जनाएकाे छ ।

अहिले आइइ प्रकृया गरिरहेकाेले देखि समय पछि यहाँ काम हुने कार्यालयले जनाएकाे छ । कपुरकाेट देखि अरिंगालेसम्मकाे लागि नयाँ याेजना छाेनाेट गर्नकाे लागि पहल गर्ने कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार