• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

क्रान्ति केसीको निर्देशन रहेको चील ब्रो हरहर महादेव सार्वजनिक


फाल्गुन,२७ दाङ। नेपालीहरुको महान पर्व शिवरात्रीको अवसर पारेर निर्देशक क्रान्ती केसीको निर्देशनमा बनेको ‘चील ब्रो हरहर महादेव’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक हरि गिरि बिमर्शी, तेजश रेग्मी, एचबिएन किश्मतको स्वर, हरि गिरि विमर्शीकै शब्द संगीतमा बनेको गीतलाई एचबीएनले एरेन्ज गरेका हुन । अजय रेग्मीको छांयाकन रहेको भिडियोमा क्रान्ती केसी कै सम्पादन रहेको छ ।

भिडियोमा निक्स शर्मा, लोमस शर्मा, अर्जुन गौतम, शिशिर पौडेल, हरि विमर्सी लगायतको दमदार अभिनय र नृत्य रहेको छ । भिडियोलाई हरि गिरि विमर्शीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । सम्पुर्ण दर्शक श्रोता, शुभचिन्तक तथा मिडियाकर्मीलाई गीत तथा भिडियोलाई माया गरिदिनु हुन तथा सल्लाह सुझाव दिन हुन निर्देशक क्रान्ति के सी ले आग्रह गरेका छन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार