• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

एमाले पार्टी कार्यालयमा एउटै हैसियतकाे कुर्सीमा ओली र नेपाल


चैत २, काठमाडाैं ।

नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीमा अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल कुमार नेपालबीच वार्ता तथा छलफल चलिरहेको छ ।

बैठकको अगाडि पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसहित अन्य दुई नेता ईश्वर पोखरेल र नेता भीम रावल देखिएका छन् । चारै नेतालाई समान हैसियतमा बस्ने व्यवस्था मिलाइएको छ। उस्तै कुर्सी, टेबल र उही लाइनमा चारै जना बसेकाे तस्बिरमा देखिन्छ ।

यसअघि अध्यक्ष ओलीका लागि अन्यभन्दा भिन्दै बस्ने व्यवस्था मिलाइने गरिएको थियो । तर, सोमबार चार महिनापछिको भेटमा ओली–नेपाललगायत नेताहरु बसेको दृश्य अलि फरक देखिएको छ । यसअघि नेकपा कायम रहँदासम्म त्यहाँभित्रको कुर्सी व्यवस्थापनलाई लिएर विवाद हुँदै आएको थियो ।

त्यसो त कुर्सीका विषयमा नेता नेपालले पटक पटक प्रश्न उठाउदै आएका थिए। सोमबार धुम्बाराहीमा डाकिएको बैठकमा एमालेका अध्यक्ष ओलीसहित उनी पक्षका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली तथा सुवास नेम्वाङ सहभागी भएका छन्।

माधवकुमार नेपाल पक्षबाट उनीसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी रहेका छन् । तर, वरिष्ठ नेता झलनाथ खनाललाई भने ओलीले निम्तो नदिएको अनुपस्थित रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार