• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

एमाले विवाद : ओली-नेपाल समूहकाे वार्ता सकियो


चैत २, काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भेटवार्ता सकिएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफल सकिएको हो ।

पार्टीभित्रको विवाद चर्किएको चार महिनापछि दुई पक्षबीच भेटवार्ता भएको हो ।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी थिए। नेपाल तर्फबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए ।

अध्यक्ष ओलीले पार्टीभित्र एकलौटी गर्न खोजेपछि नेपाल समूह असन्तुष्ट छ। पार्टीभित्रको विवादको कारण एमाले फुटको अवस्थामा पुगेका बेला अध्यक्ष ओलीकै पहलमा संवादको थालनी गरिएको हो ।

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार