• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

युवा सजगता अभियान दाङ्गको परिचयात्मक कार्यक्रम सम्पन्न


चैत्र ९ , दाङ । युवा सजगता अभियान दाङ्गको परिचयात्मक तथा भेटघाट कार्यक्रम दाङ्गको तुलसीपुरमा सम्पन्न भएको छ।

अभियानक जिल्ला संयोजक पुर्ण बिक्रम डागीको अध्यक्षता , नेपाली कांग्रेस स्थानीय तह समन्वय समिति सचिव, युवा सजगता अभियान केन्द्रीय सल्लाहकार नहकुल के.सी ज्युको प्रमुख अतिथ्यतामा तथा युवा सजगता अभियान प्युठान जिल्ला संयोजक रुद्रमणी रेग्मी , नेपाल विद्यार्थी संघकी निवर्तमान केन्द्रीय सदस्य अर्चना रेग्मीको आथित्यमा गरिएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका संयोजक संदिप भुसालले स्वागत मन्तव्य दिनुभएको थियो। युवाहरुलाई कसरी सक्रिय, सबल सक्षम आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको कार्यक्रममा बिभिन्न पालीका संयोजकले आ-आफ्नो धारणा राखेका थिए।

आयोजित कार्यक्रममा संयोजकहरुलाई आवश्यक पर्ने बिभिन्न प्रकारका तालिमको व्यवस्था गर्न आफुले सहयोग गर्ने तुलसीपुर नगर संयोजक संदिप भुसालले बताएका छन्। कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिज्युहरुले युवाहरुलाई सशक्तीकरण गर्दै समाज रुपान्तरणमा साथ दिनुपर्ने बताएका थिए।

कार्यक्रममा उपस्थित भई हौसला बढाउन सहयोग गर्नुहुने प्रती धन्यवाद ब्यक्त गदै जिल्ला संयोजक पुर्ण बिक्रम डागीले कार्यक्रम समापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव अर्जुन भट्टराईले गरेका थिए।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार