• २०७९ चैत्र १२ गते आइतवार
  • Preeti To Unicode

खानेपानी सिचांई तथा उर्जा विकास कार्यालय सल्यानकाे अनुराेध


व्यक्तिगत सरसफाइ

फोहर छोएपछि, खानाखानु वा खुवाउनु अगाडि पछाडि, शौचालय गएपछि, दिसा धोएपछि, घरबाट निस्किएर पुनःप्रवेश गर्ने वित्तिकै साबुनपानीले प्रशस्त फिंज निकालेर मिची मिची हातधुने तथा सफा कपडाले पुछ्ने वा सुकाउने गरौं ।

हात खुट्टाका नङ नियमित काटौं ।
नियमित नुहाउने तथा कपडा धुने गरौं ।
नियमित दाँत माझ्ने गरौं ।

घरायसी सरसफाइ

घरभित्र बाहिर तथा यसको वरपर नियमित सरसफाइ गरौं ।
शौचालय बाहेक अन्यत्र दिसापिसाव नगरौं ।
शौचालयमा प्रशस्त पानी र साबुनको व्यवस्था गरौं ।
शौचालय नियमित रूपमा सफा गरौं ।

वातावरणीय सरसफाइ

घर वरपर तथा टोल समुदायको सरसफाइ गरौं ।
जल्ने, गल्ने तथा नगल्ने फोहर घरायसी रूपमै छुट्याऔं । गल्ने फोहरको मल बनाई प्रयोग गरौं ।
नगल्ने फोहरको सुरक्षित विसर्जन गरौं ।
प्लाष्टिकजन्य पदार्थको प्रयोगमा निरुत्साहित गरौं, प्लाष्टिक जलाउने कामको कडाई गरौं ।
सार्वजनिक स्थानहरूको भूइँलाई क्लोरिन राखेको पानी वा डिटरजेन्टले नियमित पुछ्ने गरौं
संक्रमणका सम्भावना भएका क्षेत्रको भुईँ ०.२ प्रतिशत क्लोरिन झोलले पुछ्ने गरौं ।

संक्रमण हुने स्थानहरूमा गएपछि व्यक्तिको सम्पूर्ण कपडाहरू ०.१ प्रतिशत क्लोरिन झोलको पानीमा भिजाएर घाममा सुकाउने गरौं ।
सार्वजनिक स्थानहरूको ढोकाको हैण्डिल, रेलिङ, भुईँ, भित्ता, टेबुल, कुर्सी आदिमा क्लोरिन झोलले नियमित पुछ्ने गरौं ।
सफा रहौं, स्वस्थ बनौं

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार