• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

पत्रकार महासंघमा ५२ पदका लागि १९९ जनाकाे उमेद्वारी, अध्यक्षमा ५ जना


चैत १५, काठमाडाैं ।

नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा विभिन्न पदका लागि कुल १ सय ९९ जनाले उमेद्वारी दर्ता गराएका छन् । शनिबार गरिएकाे मनाेनय दर्तामा अध्यक्षदेखि सदस्य गरेर १ सय ९९ जनाले उमेद्वारी दिएका हुन् । जसमा ५२ जना निर्वाचिन हुने महासंघकाे विधानमा छ ।

अध्यक्ष पदका लागि मात्रै ५ जनाले उमेद्वारी दर्ता गराएका छन् । महासंघकाे निर्वाचन समितीका अनुसार अध्यक्षमा विपलु पाेखरेल, निर्मला शर्मा, राम प्रसाद दाहल, दिपक पाठक र गजेन्द्र बुढाथाेकीले उमेद्वारी दर्ता गराएका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा धुव्र लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उमेद्वारी दर्ता गराएका छन् । महिला उपाध्यक्षमा दाना केसी सुबेदी र बाला अधिकारीले मात्रै उमेद्वारी दिएकी छन् ।

समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहन कुमार सिंह, रेमवहादुर विश्वकर्मा र शीतलप्रसाद महतोले उमेद्वारी दिएका छन् । महासचिवमा बालकृष्ण बस्नेत, राजेश मिश्र, रोसन पुरी र सुबोध गौतमकाे उमेद्वारी दर्ता भएकाे छ ।

खुल्ला सचिवमा कमल पन्त, गोविन्दप्रसाद चौलागाँई, जन्मदेव जैसीं, नकुल अर्याल, यमप्रसाद शर्मा (एम विरही) र  रामकृष्ण ज्ञवालीकाे उमेद्वारी परेकाे छ ।

महिला सचिवमा निमा काफ्ले र सृजना अर्यालले उमेद्वारी दिएकी छन् । आदिवासी जनजाति सचिवमा  नारायण सुन्दर किलम्बू, रामकुमार श्रेष्ठ र शाहीमान राईले उमेद्वारी दर्ता गराएका छन् ।

(मधेसी) सचिवमा दीपेन्द्र चौहान, देव कुमार यादव, प्रविण कुमार चौधरी र स्वेता सिन्हाले दिएका छन् । (दलित) सचिवमा गणेशकुमार वि.क., गोपाल वराइली, मधु शाही, मान सिंह वि.क, हेमकर्ण वि.क.ले उमेद्वारी दिएका छन् ।

त्यसैगरी (एसोसिएट) सचिवमा केपी ढुंगाना, केशवराज खनाल, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहाल र रामेश्वर कार्कीकाे उमेद्वारी परेकाे छ । काेषाध्यक्षमा कलेन्द्र सेजुवाल, कृष्ण गिरी, दिलीप पौडेल, प्रकाश थापा, माधव दुलाल र मिन बहादुर बमकाे उमेद्वारी परेकाे छ ।

खुल्ला केन्द्रीय सदस्यमा २७ जनाकाे उमद्वारी छ । त्यस्तै, छुट्टाछुट्टै प्रदेश सदस्यमा ४९ जना, उपत्यका, प्रतिष्ठान र एशोसिएट गरेर २० जनाकाे उमेद्वारी गर्दा भएकाे छ ।

त्यसैगरी महिला सदस्य (मधेशी), आदिवासी जनजाति सदस्य (महिला), महिला सदस्य (खस आर्य), महिला सदस्य (दलित), आदिवासी जनजाति (अनिवार्य महिला), सदस्य दलित(अनिवार्य महिला), सदस्य मधेशी (महिला अनिवार्य), सदस्य अपाङ्गता, अल्पसंख्यक सदस्य गरेर ४२ जनाकाे यमेद्वारी दर्ता भएकाे छ ।

त्यसैगरी लेखा समिति संयोजक, लेखा समिति सदस्य (खुल्ला) र लेखा समिति सदस्य (महिला) गरेर ९ जनाकाे उमेद्वारी दर्ता भएकाे छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार