• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

रेडियाे तहल्का सात वर्षमा प्रवेश


चैत २१, सल्यान ।

सल्यान जिल्लाबाट संचालित रेडियो तहल्का एफएम साताैं बर्ष प्रवेश गरेको छ । ६ बर्ष पुरा गरेको अवसरमा रेडियोले २ स्थानमा रेडियो तहल्काका ६ बर्ष पत्रकारीताका अवसर र चुनाती विषयक सम्वाद गर्ने जनाएकाे छ ।

जिल्लाको सदरमुकाम खलंगामा विहान ८ बजे र बागचारको चारपानीमा दिउसो २ बजे सम्वाद गर्ने रेडियोका अध्यक्ष डिल्लीराज रावतले जानकारी दिए । उनकाअनुसार बिहान ८ बजे हुने खलंगाको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लगायत अन्य स्थानीय तहका प्रतिनिधि तथा कार्यालय र संचारकर्मीको सहभागिता हुने र दिउसो २ बजे हुने चारपानीको कार्यक्रममा बागचार, दार्मा र कुमाखका जनप्रतिनिधि र स्थानीयको सहभागीता हुनेछ ।

स्थापना खलंगामा भएपनि हाल प्रशारणलाइ ग्रामिण क्षेत्रसम्म लिनको लागि बागचौर नगरपालिका ३ पुतलिवासमा मुख्य प्रशारण स्थान (टावर) निर्माण गरेको रेडियोले दैनिक १८ घण्टा अनुमति पाइ विहान ५ बजेदेखि राती १० बजेसम्म निरन्तर प्रशारण गरेको छ ।

२०७१ चैत्र २१ गते सल्यान खलंगामा एक समारोहका विच तत्कालिन नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउनेले रेडियोको उद्घाटन गरेका हुन ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार