• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

विप्लव निकट युवा संगठन सल्यान कुमाख गाउँ कमिटीकाे प्रथम अधिबेशन सम्पन्न


चैत २१, सल्यान ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीकाे भातृसंगठन युवा संगठन नेपाल सल्यान कुमाख गाउँ कमिटीकाे प्रथम अधिबेशन  सम्पन्न भएकाे छ ।

प्रतिबन्धित नेकपाका सल्यान जिल्ला युवा संगठन नेपाल का संयोजक प्रकाश गीरी आभासको  प्रमुख आतिथ्यतामा भएकाे भेलाले चित्र बहादुर वलिकाे अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा प्रबिन परीयार, सचिव निमराज सुनार र काेषाध्यक्ष कमल रावत रहेका छन् ।

भेलालाइ सम्बाेधन गर्दै नेकपाका युवा संगठन नेपाल सल्यानका संयोजक आभासले  युवाहरु देश निर्माणमा जुट्नेबेला भएकाे बताएका छन् । अहिले देशमा बाह्य शक्तीकाे भावी भएकाे भन्दै उनले राष्ट बचाउन युवाहरु एकजुट भएर नेतृत्वमा पुग्नुपर्ने बताए । यस्तो बेलामा युवाहरु कत्तिपनी नहडबडाइ डटेर लाग्नुपर्ने र एकदीन युवाले नै देश बदल्न सफल हुने बताएका छन् ।

अहिले देश दलाल र माफियाहरुकाे हातमा पुगेकाे भन्दै उनले अब सत्ता परिवर्तन बाहेक अरु विकल्प नभएकाे बताए । अहिलेकाे संसदीय व्यवस्थाले नेपाललाइ निकास नदिने भन्दै उनले विप्लवले संकल्प गरेकाे वैज्ञानीक समाजबादलाइ अगाडी बढ्ने बताए ।

कार्यक्रममा युवा संगठन नेपाल सल्यानका सदस्य बिजय बिक र अखिल क्रान्तिकारी सल्यान जिल्ला सदस्य पुष्कर पन्थको  लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार