• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

कपुरकोटदेखि दाङकाे सिमाना चोरखोलासम्मकाे राप्ती राजमार्ग दैनिक ४ घण्टा बन्द


चैत २२, सल्यान ।

राप्ती राजमार्ग अन्तरगतको सल्यान कपुरकोटदेखि दाङकाे सिमाना चोरखोलासम्मकाे सडकखण्ड १० दिनको लागी बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय दाङको जानकारी अनुसार उक्त सडक खण्ड स्तरोन्नतिको लागि यहि चैत २३ गते देखी २०७८ बैशाख १ गते सम्म दैनिक ४ घण्टा बन्द हुने भएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय सल्यानले सार्वजनिक सूचना निकालेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्णरूपमा बन्द रहने जानकारी गराएको छ ।

साथै उक्त समयमा अत्यावश्यक हलुका सवारीसाधन कपुरकोट बजार देखी दाङ जिल्ला तुल्सीपुरको पैंयाखोरसम्म निर्माण गरिएको डाइभर्सन प्रयोग गर्न सकिने पनि जिल्ला प्रशासन कार्यालय सल्यानले बताएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार