• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

ने.वि.संघ द्वारा राप्ति बबई बहुमुखी क्याम्पस परिसर सरसफाई


चैत,२७ दाङ । ने.वि.संघ राप्ति बबई बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा शुक्रबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।ने.वि.संघ राप्ति बबई बहुमुखी क्याम्पस इकाईको नेतृत्वमा क्याम्पस परिसर सरसफाई गरिएको हो ।

ने.वि.संघ राप्ति बबई बहुमुखी क्याम्पस इकाई समितिको नियमित सरसफाई कार्यक्रम अन्तरगत क्याम्पस सरसफाई गरिएको हो । आगामी दिनमा नियमित रुपमा क्याम्पस परिसर सरसफाई गरिने ने.वि.संघ राप्ति बबई परिवारले जनाएको संदेश गौतमले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार