• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

बर्दिया एसपी ईश्वर कार्की प्रवल जनसेवाश्रीद्वारा बिभुषित सम्मानित


(सागर थापा) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको छ ।

नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्‍याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको हाे ।

संबिधान दिवश २०७६ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान गर्ने घोषणा बमोजिम नै प्रवल जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको हाे ।

बर्दिया प्रहरी प्रमुख एसपी कार्की भर्खरै जिल्लामा आएदेखि नागरिकको घर घरमा गएर घर दैलोमा कार्यक्रम लिएर प्रहरी मेरो साथी र प्रहरीको व्यबहार नागरिकको गुनासो सुन्ने काम गर्दै प्रहरी जनताको सुरक्षामा सधैं साथमा साथ दिने कार्यलाई निरन्तरता दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार