• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

मध्यरात सल्यानमा बोलेरो गाडी पसलमा ठोकिएपछि…


चैत २८, सल्यान ।

मध्यरात सल्यानमा बोलेरो गाडी अनियंत्रित भइ पसलमा ठोक्किएको छ ।

जिल्लाकाे शारदा नगरपालिका ४ साहुटोला बजारमा गएराती करिब १२ बजेको समयमा रा १ च १११० नंबरको बोलेरो गाडी अनियंत्रित भइ स्थानिय गोबिन्द हमालको (ढेप्री) पसलमा ठोक्किएको हो ।

गाडी पसलमा ठोक्किदाँ गाडी र पसलमा क्षेती पुगेको छ । घटनामा कुनै मानबिय क्षेती भने भएको छैन ।

ब्रेक फेल हुदा गाडी अनियंत्रित भएर ठोक्किएको र अहिले गाडीलाइ निकालिसकेकाे प्रहरीले जनाएकाे छ । शनिबार गाडी धनी र पसल धनी दुबै पक्षलाई बाेलाएर छलफल गरि गाडीधनिले एक लाख ५० हजार क्षेतिपुर्ती तिर्ने सहमती गरिएकाे छ ।

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार