• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

एमाले माधव पक्षले सल्यानमा युवा संघकाे १२५ सदस्यीय कमिटी बनायाे, अध्यक्षमा श्रेष्ठ


सल्यान २८, चैत ।

नेकपा एमाले (माधव नेपाल) पक्षकाे युवा संघ नेपाल सल्यानले १ सय २५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेकाे छ । शनिवार बरलामा भएकाे भेलाले न्यूटन श्रेष्ठकाे अध्यक्षतामा १ सय २५ सदस्यीय कमिटी बनाएकाे हाे ।

जसको उपाध्यक्षमा सुरेश बोहरा, सचिवमा शिवराज अधिकारी, सहसचिवमा बम बहादुर गाहा र कोषाध्यक्षमा सुरेन्द्र चन्द रहका छन् । भेलामा युवा संघका केन्द्रिय महासचिव दिपक जिएमकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै उनले युवाहरु राजनिति सँगै आयआर्जनका कार्यमा सक्रिय बन्नुपर्ने बताए । पुराना नेताहरुको योगदान र संघर्षबाट पार्टी र संगठन अहिलेको अवस्थामा आएको बताउदैँ उनले पार्टी र देश चलाउने जिम्मेवारी युवाको काँधमा आएको बताए ।

जिएमले पार्टीका अध्यक्ष केपि शर्मा ओली भारतको गुलामी बनेर काम गरिरहेको बताए । “केपि ओली नेतृत्वको सरकार प्रति जनताका थुप्रै अपेक्षाहरु रहेका थिए, जनमुखी विकास, शिक्षा, स्वास्थ्य, कृषिमा आमुलपरिवर्तनको अपेक्षा गरिएपनि सरकारले काम गर्न सकेन्” उनले भने, “सरकार जनताप्रति गम्भिर वनेन्, बन्नै चाहेन ।”

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य उदय बहादुर बोहरा, हरि केसी, पार्टीका जिल्ला कमिटी सचिव रमेश कुमार गौतम, पार्टीका जिल्ला कमिटी सदस्यहरु राम खडकी, ज्ञानेश्वर केसी, इश्वरी बुढाथोकी, प्रेम बहादुर डाँगी, प्रदेश परिषद सल्लाहकार समिति सदस्य सिपि ओली, प्रेस चाैतारी नेपाल सल्यानका सचिव मिना बुढाथाेकी लगायतकाले  मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार